• पोखराका ४ युवा सवार डुङ्गा फेवातालमा डुब्नबाट जोगियो

    May 14, 2019     5:51 pm

    फाेटाे : साँकेतिक

    पोखरा, ३० बैशाख
    हावाहुरीका कारण डुङ्गाको सन्तुलन गुमेर तालमा डुब्न लागेको पोखराका ४ युवा सहितको डुङ्गा सशस्त्र प्रहरीको उद्धार टोलीले उद्धार गरेको छ । फेवातालमा डुङ्गा सयरका लागि पुगेका पोखराका ४ जना युवाहरुलाई उद्धार गरिएको हो । सशस्त्र प्रहरीका प्रहरी सहायक निरिक्षक दीपक सिग्देलको नेतृत्वमा रहेको कालिका गणको उद्धार टोलीले उनीहरुको उद्धार गरेको हो ।


    पोखरा रानीपौवाका आवेश गुरुङ्ग, प्रविन परियार, अमरसिंह चोकका इन्फ्रा गुरुङ्ग र कृष्ण गुरुङ डुङ्गा लिएर घुम्न निस्किएका थिए । फर्कने क्रममा हावाका कारण तालमा आएको छालले उनीहरुको डुङ्गामा पानी भरिन पुगेको थियो । समयमै उद्धार टोली पुगेकोले ठुलो दुर्घटना हुनबाट जोगिएको उद्दारमा खटिएका प्रहरी सहायक निरिक्षक दीपक सिग्देलले बताए । पोखरामा आजकल दैनिक जसो हावाहुरी सहितको पानी पर्न थालेको छ ।

    साेमबार पनि हावाहुरीका कारण फेवातालमा छाल आएको थियाे । समुन्द्री छालको झल्को दिने गरी आएको छालले फेवातालमा पार्किङ गरेर राखिएका करीब ५ दर्जनको हाराहारीमा डुंगाहरु डुबेको बताइएको छ । यद्यपी कुनै मानवीय क्षति भने भएन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।