• पुट्ट भुँडी लागेर चिन्तित हुनुहुन्छ ? यसो गर्नुस्

    May 13, 2019     10:06 pm

    पोखरा, ३० वैशाख ।
    धेरैको निम्ति टाउको दुखाइको विषय हो, पुट्ट लागेको भुँडी । यस्तो भुँडीले शरीर भद्दा र असुहाउँदिलो देखिन्छ । लुगा लगाउँदा पनि पेट लुकाउनै सास्ती हुन्छ ।

    पेट घटाउनका लागि कोही जिम धाइरहेका छन्, कोही दौडिरहेका छन् । यद्यपि खानपान र शारीरिक क्रियाबीच सन्तुलन नमिल्दा पेट बढेको बढ्यै छ । जथाभावी खानेकुरा खाने र त्यस अनुरुप शारीरिक क्रिया नगर्दा पेटमा अतिरिक्त बोसो जम्न पुग्छ । यसले शरीरलाई असुहाउँदिलो देखिने मात्र होइन, रोग समेत नित्याउँछ ।

    कसरी घटाउने ?

    पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार छ । अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्छ । त्यसैले शारीरिक रुपमा सक्रिय हुनुपर्छ, पेट घटाउनका लागि । शारीरिक काम र नियमित व्यायामसँगै कतिपय योगा पनि गर्न सकिन्छ, जसले पेटलाई सही आकारमा ल्याउन मद्दत गर्छ । यससँगै खानपानमा पनि सर्तक हुनुपर्छ । पेट घटाउनका लागि कस्तो खानपान सही हुन्छ त ?

    दिनको सुरुवात कागती पानीबाट गर्नुस्

    पेटमा जमेको बोसो कम गर्नका लागि कागती पानी एक उत्कृष्ट विकल्प हो । यदि बिहान मनतातो पानीमा कागती मिसाएर पिउने हो भने निकै फाइदा पुग्छ । यसरी नै बिहान कागती पानी सेवन गर्दा मोटाबोलिज्म त ठीक हुन्छ नै, पेटमा जमेको बोसो पनि कम हुन्छ ।

    गुलियो एवं मिठाई निषेध गर्नुस्

    यदि तपाई पेटमा जमेको बोसो घटाउन चाहनुहुन्छ भने गुलियो एवं मिठाईबाट टाढा रहनुहोस् । गुलियो पदार्थले पेटमा अतिरिक्त बोसो जमाउँछ ।

    बिहान काँचो लसुन सेवन गर्नुस्

    बिहान उठेपछि नियमित रुपमा दुई/तीन केस्रा लसुन चपाउनुपर्छ । त्यसपछि कागती पानी पिउनुपर्छ । यो निकै प्रभावकारी उपाय हो, पेटको बोसो घटाउने । यसले तौल त घटाउँछ नै, शरीरको रक्त प्रवाह पनि सुचारु गर्छ ।

    ओमेगा ३ फ्याटी एसिड

    ओमेगा ३ फ्याटी एसिड शरीरको लागि एकदमै लाभदायक हुन्छ । मांसाहारीले यसलाई माछाको माध्यमबाट लिन सक्छन् । माछामा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । शाकाहारीले चाहिँ बन्दा, फूल गोभी, ओखर आदिको सेवन गर्नुपर्छ ।

    पर्याप्त हरियो सब्जी खानुस्

    आफ्नो खानामा सब्जी र फल सामेल गरौं । यसबाट भरपुर मिनरल र भिटामिन मिल्छ । पेट पनि भरिन्छ । यस्ता खानेकुराले पेटमा अतिरिक्त बोसो जम्मा हुन पाउँदैन ।

    जंकफूडमा पहरेज गर्नुस्

    यदि तपाईं पेट घटाउन चाहनुहुन्छ भने जंकफूड सेवन पूर्णत बन्द गर्नुहोस् । किनभने यसले तौल बढाउने भूमिका खेल्छ । यससँगै कम चिप्लो, मसलेदार खानेकुरा सेवन गरौं ।

    माछा खानुस्

    माछाको तेलले पेटको बोसो घटाउने काम गर्छ । माछामा रहेको ओमेगा ३ फ्याटी एसिडले पेटको अतिरिक्त बोसो घटाउने काम गर्छ ।

    अन्य यी उपाय अपनाउनस्

    – बिहान १५ देखि २० मिनेटसम्म आफूलाई सहज हुने हिसाबले दौडनुपर्छ ।

    – १५ मिनेट जति व्यायाम गरौं । योग गरौं ।

    – दिनभर कार्यालयमा बसे पनि सानोतिनो शारीरिक काम आफैँ गर्नुपर्छ । अर्थात निस्क्रिय बस्नु हुन्न ।

    – एकसाथ धेरै खानेकुरा सेवन नगरौं । एक पटकमा थोरै थोरै खानेकुरा सेवन गरौ । बरु, धेरै पटक सेवन गरौं ।

    – खानामा साग र सलादको मात्रा अत्यधिक हुनुपर्छ ।

    – मासुजन्य पदार्थ, दुग्धजन्य पदार्थ, कोल्ड ड्रिक्स, जंक फूड, मसलेदार, तारेको खानेकुरा सेवन नगरौं ।

    – सकेसम्म उसिनेको खानेकुरा सेवन गरौं । सागसब्जी उसिनेर सेवन गरौं ।

    – खाना खानसाथ सुत्ने वा दिउँसो सुत्ने गर्दै नगरौं ।

    – सकेसम्म राति अबेरसम्म नबसौं ।

    – राति छिटै सुत्ने र बिहान चाँडै उठ्ने बानी गरौं । -एजेन्सीको सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।