• आईपीएल क्रिकेटको फाइनल खेल आज राति पौने ८ बजे चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै

    May 12, 2019     9:16 am

    पोखरा २९ बैशाख ।

    आईपीएल क्रिकेटको उपाधि भिडन्त आज हुदैंछ । फाइनलमा चेन्नाई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।

    फाइनल खेल आज राति पौने ८ बजे हैदराबादमा शुरुहुने छ । यी दुवै टिम आईपीएल क्रिकेटका सवैभन्दा सफल टिम मानिने भएकाले आजको उपाधि भिडन्त रोमाञ्चक बन्ने अपेक्षा गरिएको हो ।

    यी दुई टिम अहिलेसम्म तीन पटक उपाधि भिडन्त गर्दा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नाईले उपाधी हात पारेको हो । चेनाईले सर्वाधिक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करण सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो ।

    विगतको आंकडा हेर्दा चेन्नाईको पक्षमा बलियो देखिए पनि जारी सिजनमा भने मुम्बईले नै चेन्नाईलाई पछि पारेको छ । यस सिजनमा तीन पटक भिड्दा तिनै पटक नै मुम्बईले बाजी मारेको थियो ।

    चेन्नाईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो भने त्यसपछि उपाधि जित्न २०१८ कुर्नु परेको थियो । उता मुम्बईले पहिलो उपाधिको स्वाद भने २०१३ मा चाखेको थियो भने १५ र १७ मा गरि तेस्रो पटक उपाधि जितेको थियो ।एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।