• देवेन्द्र स्पोर्टस नया व्यवस्थापनमा, खेलकूदका हरेक सामाग्री अब पोखरामै

    May 11, 2019     10:21 pm

    पोखरा २८ बैशाख ।
    पोखराको चिप्लेढुङ्गामा विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको देवेन्द्र स्पोर्टस नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको छ ।

    नया व्यवस्थापनका साथ सञ्चालनमा आएको उक्त पसलको शनिबार पोखरा महानगरका मेयर मानबहादुर जिसी र राष्ट्रिय भलिवल खेलाडी मञ्जु गुरुङले संयुक्त रुपमा उद्घाटन गरे ।

    सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै मेयर जिसीले खेलकूदको शहर भनेर पनि चिनिएको पोखरामा आवस्यक खेल सामाग्री आपूर्ति र व्यवस्थापनमा पसलले योगदान गर्न सकोस भन्ने कामना गरे । त्यस्तै भलिबल खेलाडी मञ्जुले खेलकूदका सामाग्रीहरु आपूर्तिका लागि देवेन्द्र स्पोर्टसले पुर्याएको योगदान व्यवसायिक मात्र नभई सामाजिक समेत रहेको बताईन् ।

    पुरानो व्यवसायलाई नयाँ व्यवस्थापन गरी आकर्षक सजावट सहित सामानहरु थप गरिएको व्यवस्थापक नविन श्रेष्ठले जानकारी दिए । र हरेक खेलकूदका लागि आवस्यक पर्ने सम्पूर्ण सामाग्री पोखरामै उपलब्ध गराउने उद्देस्यका साथ पसलको व्यवस्थापन गर्ने जिम्मा लिएको श्रेष्ठले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।