सामाजिक कार्य गर्ने उद्देश्यले पोखरा वडा १२ र १३ का युवाको भेलाले भैरव युवा क्लब गठन
May 11, 2019 10:02 pm
पोखरा २८ वैशाख ।
विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले पोखरा वडा १२ र १३ का युवाको भेलाले शनिबार भैरव युवा क्लब गठन गरेको छ ।
राजेश श्रेष्ठको अध्यक्षतामा गठित ११ सदस्यीय कार्यसमिति उपाध्यक्षमा योगेन्द्र गुरुङ, सचिव केशबहादुर गुरुङ, सहसचिव सुनिल श्रीषमगर, कोषाध्यक्ष सुमन मर्सानी र सहकोषाध्यक्ष पूर्ण श्रेष्ठ छन् ।
यस्तै, सदस्यमा शमशेर गुरुङ, अमृत परियार, अर्जुन जिसी, सागर श्रेष्ठ र गणेश गुरुङ चयन भए ।
‘स्वस्थ, सफा र समृद्ध समाज निर्माण, हाम्रो अभियान’ नाराका साथ गठित सो क्लबले आगामी दिनमा छिट्टै रक्तदान लगायत कार्यक्रम गर्ने क्लब अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।