पोखरा २८ वैशाख । रुपा गाँउपालिकाको आर्थिक सहयोग र अपाङंता संरक्षण समितिको आयोजनामा अपाङगता भएका व्यक्तिहरुको लागि मौरी पालन तालिम दिइएको छ । तालिमको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गदै मौरी पालन व्यवसाय सहज र आम्दानीको राम्रो माध्यम भएको बताइन् ।
उनले महको माग बढदो रहेको बताउदै मौरी पाल्न जती सहज छ त्यतीनै कठिन संरक्षणका लागि भएको बताइन् । उनले तालिम लिने मात्रै नभएर त्यसलाई व्यवहारमा उत्तादै व्यवसायी बन्न आग्रह गरिन् ।
रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले तालिम तालिममा मात्रै सिमित नराखी व्यवहारमा उत्तार्न आग्रह गरे । उनले जनताको अपेक्षा र जीवनस्तर उकास्ने कर्तव्य जनप्रतिनिधिको भएकाले त्यही अनुसार काम गर्ने बताए ।
गाँउपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्ने गरि बजेट व्यवस्था गरेको बताउदै तालिम लिएर व्यवसायी बन्न आग्रह गरिन् । तालिम समापनसंगै गाँउपालिकाले सहभागीलाई मौरी सहितको घार वितरण गर्ने उपाध्यक्ष लालसुब्बाले जानकारी दिइन् ।
एउता घारको मुल्य ८ हजार रहेको र ६ हजार गाँउपालिका र २ हजार व्यक्तिले लगानी गर्नुपर्ने छ ।