• मेलमिलाप मार्फत विवाद समाधानले सद्भाव उपप्रमुख गुरुङ

    May 11, 2019     7:45 pm

    पोखरा २८ वैशाख । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले न्यायिक समितिले समाजमा हुने विवादलाई मेलमिलाप मार्फत समाधान भए समाजमा सद्भाव कायम हुने बताएकी छन् । नागरिकलाई सहज र सरल रुपमा न्याय प्रदान गर्न नेपालको संविधानले स्थानीय तहमा न्यायिक समितिको परिकल्पना गरेको बताइन् ।


    रुपा गाँउपालिकाले आयोजना र वन उपभोक्ता महासंघ गण्डकीको काहकार्यमा गरेको लैङ्गिक हिंसा, विभेद तथा बालविवाह विरुद्ध आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङ नागरिकका लागि अदालत खर्चिलो र झन्झटिलो भएकाले सरल, सहज र छिटो न्याय प्रदान गर्न न्यायिक समितिको अवधारणा ल्याएको बताइन् । उनले समाजमा हुने सामान्य विवादलाई मेलमिलाप मार्फत समाधान गर्दा सद्भाव कायम हुने बताइन् ।


    उनले न्यायिक समितिले १३ वटा विषयमा समितिले फैसला गर्न पाउने र ११ वटामा मेलमिलाप गराउन पाउने अधिकार रहेको बताइन् । उनले भदौ १ गतेबाट जारी नयाँ कानूनले बाल विवाह गर्न नपाउने बताउदै भनिन, बाल विवाह गर्ने र गराउने दुवैलाई सजाय हुने बताइन । उनले महिला हिंसा रोक्न पुरुष र महिला दुवैलाई कानूनी व्यवस्था बारे जानकारी दिनुपर्ने बताइन् ।

    उपप्रमुख गुरुङले महिलाहरु आर्यआर्जन र उत्पादनको कार्यमा लागेर आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन । आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसामा पर्ने बताइन् । रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले सवै भन्दा बालविवाह आफनो गाँउपालिकाको वडा नम्वर तीनको पोल्याङमा रहेको बताए ।


    बाल विवाह गर्ने तर त्यसपछि आउने समस्या बारे नसोच्दा समस्यामा पर्ने गरेको बताए । उनले आफनो वडाभित्र पाँच बजेअघि रक्सी खान नपाउने नियम लागु गरेको बताउदै भने, खानेलाइ पाँच सय र दिनेलाई एक हजार जरिवानाको व्यवस्था गरेका छौ । उनले पोल्याङ गण्डकी प्रदेशको स्मार्ट भिलेज कार्यक्रममा परेको बताए ।

    रुपा गाँउपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न कार्यक्रम ल्याएको बताइन् । उनले महिलाहरुले आर्यआर्जन गर्ने खालका कार्यक्रम ल्याए बजेटको व्यवस्था गर्ने बताइन् । कार्यक्रममा वन उपभोक्ता महासंघ गण्डकी अध्यक्ष कालिदास सुवेदी, वडा नम्वर ३ का वडाध्यक्ष रामजी अधिकारी, अधिवक्त भुवन पराजुली काफले लगायतले बोलेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।