• बेगनासतालमा पर्यटन प्रहरी पोष्ट राख्न आग्रह

    May 10, 2019     10:13 pm

    पोखरा २७ बैशाख ।
    बेगनासताल र रुपाताल घुम्न आउने आन्तरिक वा वह्यि पर्यटनलाई ढुक्कसँग घुमफिरको वातावरण मिलाउन र सुरक्षाको प्रत्याभुती दिलाउने गरि पर्यटन प्रहरी पोष्ट स्थापना गर्नु पर्नेमा जोड दिईएको छ ।

    बेगनास युवा क्लवको आयोजना र यस क्षेत्रका बिभिन्न सामाजिक संघ सस्थाको सहकार्यमा सुक्रवार भएको छलफल कार्यक्रमका सहभागीहरुले पोखरामा आएका पर्यटकको वसाई लम्भाउन र बेगनासताल क्षेत्रमा घुम्न आउने पर्यटहरुलाई शान्ति सुरक्षाको प्रत्याभुती हुने गरि पर्यटन प्रहरी पोष्ट राख्नु पर्ने माग गरेका हुन्।

    बेगनासताल क्षेत्र वरपर पर्यटकिय गतिविधीलाई बढाउनका लागि सरसफाई, ब्यवस्थीत होटल र शान्ति सुरक्षालाई मजभुत वनाउनु पर्नेमा जोड दिदै पाचौं सस्करणको फिस फेष्टवल आगामी जेठ १३ गते देखि २० गते सम्म गर्ने र यस क्षेत्रमा हुन सक्ने सम्भाव्य घटनालाई मध्यनजर राख्दै मुख्य चोकहरुमा सि सि क्यामरा राख्ने निर्णय गरिएको हो ।

    कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडाअध्यक्ष कमल बहादुर थापाले यस क्षेत्रको विकासका लागि जनस्तरबाट आएको सहयोगको उच्च प्रशंसा गर्दै जुनसुकै विकासका काममा जनसहभागीता भयो भने त्यसले सार्थक रुप पाउने र त्यस ठाउमा सरकारीको तर्फबाट पनि ध्यान जाने बिचार राखेका थिए ।

    बेगनास युवा क्लवका अध्यक्ष राम रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा डाडाकोनाक प्रहरीचौकीका ईन्चार्ज डिएस पी मोहन वहादुर खाँड, पोखरा पर्यटन प्रहरी पोष्टका इन्चार्ज भगवती तिमिल्सेना, पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डरी, लेखनाथ सामुदायिक सेवा केन्द्रका सस्थापक अध्यक्ष मोती गिरी र बेगनासताल महिला समुहकी अध्यक्ष दुर्गा अधिकारी लगाएतले बेगनासताललाई पर्यटनको आक्रषणको केन्द्र विन्दुका रुपमा विकास गराउन सकिने सुझाव राखेका थिए ।

    लेखनाथ होटल एसोसियसनका अध्यक्ष कृष्ण तिमिल्सेनाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन पर्यटन ब्यवसायी दामोदरभक्त थापाले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।