• बार्सिलोनाले ११ खेलाडीलाइ बिदाइ गर्दै, क्लबमा झट्का

    May 10, 2019     8:27 pm

    पोखरा २७ बैशाख ।
    लगातार चौथो वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलबाट लज्जास्पद हार खेप्दै बाहिरिएपछि स्पेनिस महारथी बार्सिलोनामा अहिले एक किसिमको भुइँचालो गएको छ । टोलीका खेलाडी र पदाधिकारीबीच सन्नाटा छाएको अवस्था छ । मैदानको तयारीमा पनि खेलाडी जम्न सकिरहेका छैनन् । चेन्जिङ रुममा खेलाडी एक आपसमा बोल्न सकिरहेका छैनन् ।

    च्याम्पियन्स लिगको सेमिफायनल अन्तर्गत दोस्रो लेगमा लिभरपुलसँग ४–० गोलको हार खेपेपछि बार्सिलोना अहिले एक प्रकारको शोकमा डुबेको छ । उसलाई सबैभन्दा पिडा पहिलो लेगको ३–० गोलको अग्रता जोगाउन नसक्नुमा छ । एनफिल्डको खराब नतिजापछि कप्तान लियोनल मेस्सी सहकर्मी खेलाडीसँग धेरै रिसाएका छन् ।

    लिभरपुलसँगको हारपछि मेस्सी ड्रेसिङ रुममा निकै रोएका थिए । क्याम्प नोउ फर्किएपछि पनि मेस्सीले अन्य सहकर्मीहरूसँग राम्ररी बोलिरहेका छैनन् । टोलीका केही खेलाडीको खराब प्रदर्शनले अप्रत्यासित हार भोग्नुपरेको मेस्सीले ठानेका छन् ।

    बार्सिलोनाका खेल निर्देशक पेप सेगुराले बिहिबार कप्तान मेस्सीसहितका खेलाडीसँग छलफल गर्न चाहे पनि हारको पीडामा रहेका मेस्सीले छलफल गर्न नमानेको स्पेनिस समाचार माध्यामले जनाएका छन् । बार्सिलोनाले अहिले हारको मुख्य कारण प्रशिक्षक अर्नेस्टो भाल्भर्डे सहित केही खेलाडीको खराव प्रदर्शनलाई मानेको छ ।

    फिलिप कोउटिन्हो, लुइस स्वारेज, इभान राकिटिक र जोर्डी अल्बाले दोस्रो लेगमा बिर्सनलायक प्रदर्शन गरेको पनि बताइएको छ । त्यसैले बार्सिलोनाले च्याम्पियन्स लिगबाट आउट भएपछि टोलीका ११ जना खेलाडी बेच्ने तयारी गरेको छ । बार्सिलोनाले कोपा डेल रेको फाइनलपछि खेलाडीमा आमूल परिवर्तन गर्ने तयारीमा छ ।

    युवा र स्टार खेलाडी जुटाउने तयारीमा रहेको बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई पनि विदाई गर्न लागेको समाचार स्पेनिस पत्रपत्रिकाले उल्लेख गरेका छन् । बार्सिलोनाले बेच्ने खेलाडीको सूचिमा अहिले कोउटिन्हो सहित लुइस स्वारेज, केभिन प्रिन्स भोटेङ, थोमस भर्माइलन, मुरिल्लो, सामुएल उम्टीटी, इभान राकिटिक, माल्कोम, राफिन्हा लगायत खेलाडी छन् । ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोनाले कोपा डेल रेको फाइनल मे २५ तारिख भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ ।एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।