• कूलतमा फस्नै दिनु हुन्न–उपसभामुख शर्मा

    May 10, 2019     8:19 pm

    पोखरा, २७ बैशाख । गण्डकी प्रदेशका उपसभामुख सुर्जना शर्माले लागू औषध सेवन कर्तालाई सुधार्नु भन्दा कूलतमा फस्नै नदिनतर्पm लाग्नु पर्ने बताउनु भएको छ ।
    पोखरा १७ लागू औषध जन्य नियन्त्रण महाअभियान समितिद्धारा आज यहाँ आयोजित सचेतना मूलक अभिभावक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लागू औषध नियन्त्रणका लागि अभिभावक, सुरक्षा निकाय र जनप्रतिनिधि जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।


    लागू पदार्थ ओसार पसार र सेवन गर्ने दुवै पक्षलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिंदै उहाँले कूलतमा लाग्ने प्रत्येक व्यक्तिलाई घरघरबाट समयमै सुधार्नतर्पm लाग्नु पर्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा नेपाल प्रहरीका विद्यनभर त्रिपाठी, क्यूनिटी सपोर्ट ग्रूपका प्रतिनिधि दिलिप गुरुङ, शिव न्यौपाने, नौलो घुम्तीका कार्यक्रम संयोजक ओम कृष्ण गुरुङले प्रशिक्षण दिनु भएको थियो ।


    कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तिर्थ अधिकारी, वडा सदस्य एवम् कार्यक्रम संयोजक शान्ता गुरुङ, नेकपाका प्रदेश सदस्य मनुमाया खत्री, सुभाष ढुङगाना, महाप्रसाद सुवेदी, ज्ञानु सुवेदी लगायतले लागू औषध नियन्त्रणमा तल्लो तहबाटै लाग्नु पर्ने आवश्यकता औल्याउनु भयो । (रासस)

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।