• रेडलाइट होइन, इन्जोय जोन !

    May 9, 2019     2:04 pm


    सा‌ँकेतिक फाेटाे । स्राेत गुगल

    विकास रोकामगर। २५ बैशाख, पोखरा।
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २६ गते पोखरामा ‘रेडलाइट एरिया’ यरियालाई बहसमा ल्याउनुपर्ने बताएका थिए । उनले रेडलाइट सञ्चालन तोकिनुपर्ने र यौन पेशालाई व्यवस्थित गर्न यौनकर्मीलाई परिचयपत्र व्यवस्था हुनु पर्ने भनाइ थियो । उनले भनेका थिए, ‘जति रोक्न खोजे पनि धन्धा भित्रभित्रै चलिरहेकै छ । बरु धन्धा गर्नेलाई परिचयपत्र दिएर प्रदेश सरकारले कर उठाउन सक्छ ।’


    एउटा औपचारिक कार्यक्रममै मुख्यमन्त्री गुरुङले पोखरामा रेडलाइट एरिया आवश्यक रहेको भनाइ राखेपछि त्यसले ठूलै चर्चा पाएको थियो । नागरिक स्तरबाट चर्को विराध आएपछि उनले त्यसको बचाउ गर्दै ‘आफूले रेडलाइट एरिया खोल्ने नभनेको तर, बहसमा ल्याउन जरुरी रहेको’ भन्ने भनाइमात्रै राखेको भन्दै स्पष्टिकरण दिइसकेका छन् ।


    ‘रेडलाइट एरिया बहस’को चर्चा नसेलाउँदै गण्डकी प्रदेशमा अर्को चर्चा सुरु भएको छ – मनोरञ्जनात्मक क्षेत्र अर्थात इन्जोय जोनको । इन्जोय जोन गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले इञ्जोय क्षेत्र बनाउने तयारी गरेको छ ।


    इन्जोय जोनलाई धेरैले ‘रेडलाइट यरिया’ कै विकसित रुप भनेर धेरैले चर्चा गरिरहेका छन् । तर मन्त्रालयले रेडलाइट यरिया र इन्जोय जोन फरक भएको स्पष्टिकरण दिएको छ । ‘इन्जोय जोनलाई गलत अर्थमा अथ्र्याएर प्रदेशको बदनाम गर्न खोजिदैछ । वास्तवमा हामीले पर्यटक रमाउने क्षेत्रको परिकल्पना गरेका हौं,’ गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनलाइनखबरसँग भने ।
    मन्त्री लम्सालले इन्जोय जोन पोखरामै बनाइने त्यो रेडलाइट यरिया नभइ पर्यटकीय यरिया हुने प्रष्ट्याए । उनले भने, ‘त्यो क्षेत्रमा बाह्य कुनैपनि डिस्टर्ब हुँदैन । २४ सै घण्टा खुल्ला हुन्छ । पर्यटकहरु हरेक पल इन्जोय गर्न सक्छन् ।’ उनले तोकिएको क्षेत्रको साजसज्जा पनि अन्य ठाउँको भन्दा फरक हुने बताए ।


    पोखराको पामे क्षेत्रमा माथि हिमाल, ताल र बजार क्षेत्र नजिक इन्जोय जोन बनाइने मन्त्री लम्सालले बताए । उनले पर्यटकले हिमाल र ताललाई एकैचोटी दृश्यवलोकन गर्दै मनोरञ्जन गर्न पाउने उपयुक्त ठाउँ खोजिरहेको बताए । ‘तोकिएको यरियामा उनीहरुले खाने, बस्ने, सुत्नेसहित अन्य ‘मनोरञ्जन’ पनि गर्न पाउँछन् । त्यहाँ कसैले डिस्टर्ब गर्दैन,’ उनले भने ।
    पर्यटन मन्त्रालयले इन्जोय जोन योजनाको जिम्मा निजी क्षेत्रलाई जिम्मा दिने भएको छ । इन्जोय क्षेत्रमा खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ, क्यासिनोदेखी ज्याकोजीसम्म हुने उनले जानकारी दिए । यस योजनाका लागि प्रदेश सरकारले अध्ययन, अनुसन्धान र डीपीआर तयार गर्न ९ करोड बजेट छुट्याएको छ ।


    ‘यसको डीपीआर गर्न सिन सुरु गरिसकेका छौं । चालु आर्थिक वर्षकै अन्त्यतिर डीपीआर सकिसक्छ,’ उनले भने । इन्जोय जोन भइसकेपछि पोेखरामा पर्यटकको बसाइँ अझै लम्बिने उनले विश्वास राखे । इन्जोय जोनमा प्रहरी हस्तक्षेप नहुने तर सुरक्षाको जिम्मवारी प्रदेश सरकारले लिने उनले प्रष्ट्याए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।