• महानगरको समस्या सार्वजनिक शौचालय

    May 9, 2019     1:44 pm

    पोखरा २६ वैशाख।
    पोखरा महानगर पर्यटकीय क्षेत्र हो । यहाँ दैनिक हजारौं मान्छे मात्रै घुम्ने योजना बनाएर आउँछन् । पोखराको लेकसाइड पर्यटकीय चाप र घुइँचो हुने मुख्य क्षेत्रका रुपमा चिनिन्छ । तर त्यस ठाउँमा घुम्न आएका पर्यटकलाई भने चर्पीको ठूलै समस्या छ । महानगरले हेक्का रोखोस्, यस क्षेत्रको इज्जत पनि सार्वजनिक शौचालयसँगै जोडिएको छ ।


    आन्तरिक तथा बाह्य पर्यटकको चापलाई थेग्न बाराही घाट र हल्लनचोकमा मात्रै सार्वजनिक शौचालय छन् । तर, ती शौचालय पनि निशुल्क होइनन् । बाहिरै प्रष्टसँग लेखिएको हुन्छ – दिसा गरेको रु १०, पिसाब फेरेको रु ५ ।


    आगन्तुक पर्यटकले आफ्नो शौच व्यवस्थित तरिकाले विसर्जन गर्नपनि पैसा खर्च गरिरहनु परेको छ । त्यसमाथि ती शौचालय साँझ नहुँदै बन्द हुन्छन् । आवश्यक सरसफाइको अभावका कारण दुर्घन्धमय छ । पोखरा महानगरले देखिरहेको स्मार्ट सिटीको सपनामा व्यवस्थित शौचालय छ कि छैन भन्ने पनि लाग्छ ।

    हवाइमार्ग बाहेकका बाटा प्रयोग गरेर पोखरा भित्रिने सबैको एउटै बिन्दु हो – पोखरा बसपार्क । पोखरा बसपार्कमा जब यात्रु ओर्लन्छन्, उनीहरु आत्तिन्छन् । कारण त्यहाँ पनि शौचालयको व्यवस्था छैन । यात्रुहरु भोकबेगर पनि भोक लाग्यो भन्दै होटल तथा रेस्टुरेन्टमा छिर्नुपर्छ शौचकै लागि । बसपार्कका होटेल तथा रेस्टुरेन्टले चर्पीको पर्यटकलाई चर्पी देखाएर व्यापार गरिहेको वर्षौं भइसक्यो ।
    लामो समयपछि महानगरले आफ्नो क्षेत्रभित्र प्रशस्त सार्वजनिक शौचालय बनाउने योजना बनाएको छ । अब बन्ने शौचालयहरु कुनै पूर्ण अपांगमैत्री हुनेछन् भने कुनै आशिंक । महानगरले पोखराका हल्लनचोक, हरिचोक, राष्ट्रबैंक चोक, दोबिल्ला पिकनिक पार्क, मिलनचोक, राखीडाँडा, रत्नशोभा मावि माझठाना, मालपोत कार्यालय, बाराहीघाट, छोरेपाटन लगायतका ठाउँमा सार्वजनिक शौचालय बनाउँदैछ । यसका लागि १ करोड रुपैयाँसमेत विनियोजन गरिसकेको छ ।

    अस्तव्यस्त पोखरालाई व्यवस्थित गर्न महानगरले चालेको यो कदमलाई सह्राहनीय रुपमा लिनैपर्छ । यसले पोखराको मात्रै नभई देशकै साखलाई जोगाउने छ । पर्यटकीय क्षेत्रमा घुम्न आएर पनि चर्पी नपाउनाले झाडीझाडी खोज्दै हिँड्नुपर्ने एउटा तीतो बाध्यताको अन्त्य हुनेछ ।

    व्यस्त चोकहरुमा शौचालय बनेपछि पर्यटक तथा सर्वसाधारणको समस्या बिस्तारै हट्दै जाने महानगरको दाबी छ । आशा गरौं ‘स्मार्ट पोखरा’ को पहिलो उदाहरण महानगरले अपांममैत्री शौचालय बनाएर सुरुआत गरोस् । जनताले सुविस्ताको प्रत्याभूति गर्न पाऊन् । अबका दिनमा पोखरा घुम्न आएका जोकोहीको गुनासो उही दोहोरिरहने शौचालय नहोस् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।