• विशेष अफरसहित होण्डा ‘महा एक्सचेन्ज मेला हुदैँ।

    May 9, 2019     1:38 pm

    पोखरा २६ वैशाख।
    होण्डा मोटरसाइकल तथा स्कुटरका लागि आधिकारिक बिक्रेता भाजुरत्न ईन्जिनियरीङ्ग उत्तमचोक पोखराले नयाँ वर्षको अवसरमा विशेष अफरसहित मेलाको आयोजना गरेको हो । मङगलबारबाट शुरु मेलामा अफर एक हप्ता सम्म जारी रहने शाखा प्रमुख रवि वर्णवालले जानकारी दिए ।

    एक्सचेन्ज मेला उत्तमचोक स्थित भाजुरत्न ईन्जिनियरीङ्ग एण्ड सेल्स लिमिटेडमा संचालन हुनेछ ।
    ‘मेलामा जुनसुकै ब्राण्डका नयाँ पुराना मोटरसाइकल तथा स्कुटर साटफेर गर्न सकिनेछ।मेला अवधिभर ग्राहकलाई नयाँ मोटरसाइकल खरीदमा विशेष छुटको व्यवस्था गरिएको शाखा प्रमुख वर्णवालले बताए । ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरुसँग साटफेर गरी नयाँ होण्डा मोटरसाइकल लैजान सक्नेछन् ।


    नयाँ बर्षको बिशेष अफर अन्तरर्गत स्क्रायाच कुपनमार्फत १ लाखसम्म नगद छुट, ५ बर्षसम्मस्पेयर्स पार्टसमा १० प्रतिशत छुट, १४ वटा फ्रि सर्भिस, चालु आर्थिक वर्षको सवारी कर, १ थान होण्डाको हेलमेट, ईन्जिनमा २ वर्षको वारेन्टि, बेट्रिमा १ वर्षको गयारेन्टि, हरेक हप्ता वम्पर उपहारमा १ जनालाई ५ लाख रुपैयाँ छुटका अफर रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।