• पूर्वराजा को लगानी रहेको होटल को प्रधानमन्त्री ले गरे उद्घाटन

    May 8, 2019     8:30 pm

    पोखरा २५ वैशाख ।
    होटल सोल्टीको वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएसँगै नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिचय फेरिएछ । बितेको डेढ वर्षमा उनी पूर्वराष्ट्राध्यक्षभन्दा धेरै होटल व्यवसायीका रुपमा नेपालगन्ज ओहोरदोहोर गरेछन् । आफ्नो होटलको प्रमोसनमा हप्तौँ बिताएछन् ।

    सन् २०१८ को नयाँ वर्ष मनाउन नेपालगन्ज पुगेका शाहले त्यतिबेलै होटलको सफ्ट ओपनिङसमेत गरे । स्थानीय होटल व्यवसायीसँग दिवाभोज तथा अन्तर्क्रिया गरे । उनको बसाइ सीमावारि मात्र होइन, पारिसम्मै चर्चित रह्यो । भारतीय मिडियाले समेत लेखे, ‘नेपाल पूर्वनरेशका होटल ।’

    पूर्वराजा शाहको नेपालगन्ज बसाइ त्यत्तिमै सीमित रहेन । बर्थ डे मनाउनकै लागि सपरिवार नेपालगन्ज पुगे र समर्थक/शुभचिन्तकको शुभकामना लिए । हिन्दु राज्य तथा राजासहितको प्रजातन्त्रको माग गरिरहेको राप्रपा अध्यक्ष कमल थापा र स्थानीय नेता/कार्यकर्ता भेट्नेबाहेक पूर्वराजा शाहको मुख्य ध्यान राजनीतिमा कम, होटलमा ज्यादा देखिन्थ्यो । त्यतिबेला उनले नेपालगन्जलाई केन्द्र बनाएर कैलाश मानसरोवरमा भारतीय पर्यटक भित्र्याउने योजना सुनाएका थिए । व्यवसाय प्रवर्द्धनकै लागि उनी लखनउसम्म पुगेर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई समेत भेटे ।

    लोकतन्त्रको सुन्दरता भने पनि हुन्छ, पूर्वराजा शाहको लगानी रहेको सोही होटल उद्घाटन गर्न ३ वैशाखमा पुगे, प्रधानमन्त्री केपी ओली । एक वर्षअघि नै सफ्ट ओपनिङ भइसकेको होटलको ओलीसँगै ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश ५ प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले रिबन काटेर औपचारिक उद्घाटन गरे ।कान्तिपुर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।