• विन्ध्यवासिनीमा विश्व रेडक्रस दिवस मनाईयो

    May 8, 2019     6:19 pm

    पोखरा २५ वैशाख ।

    विश्व रेडक्रस दिवसको अवसर पारेर विन्ध्यवासिनी मा.वि वाटुलेचौरका विद्यार्थीले सचेतना सहित प्राथामिक उपचारका लागि कोष संकलन गरेका छन् ।

    रेडक्रसका जन्मदाता हेनरी ड्युनाको तस्विरमा माल्र्यापण गरी शुरु गरिएको कार्यक्रममा १८ हजार ५ सय ६५ रुपैैयाँ कोष संकलन भएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख महेन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।संकलित रकम मध्ये १५ हजार ५ सय कोषमा जम्मा गरिएको र वाँकी रकम भैपरी आउने प्राथामिक उपचारका लागि औषधी खरिद गर्ने शिक्षक नायक खेमराज पौडेलले बताउनुभयो ।

    युवा रेडक्रस सर्कलको सक्रियतामा भएको कार्यक्रममा १५ जना विद्यार्थी विभिन्न समुह बनाएर वाटुलेचौर आसपासको क्षेत्रमा पुगेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।