• पोखराको ठुलोखेत खहरेखोला पुलको शिलन्यस

    May 6, 2019     8:42 pm

    पोखरा २३ वैशाख ।
    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २ सय ५० वर्षअघि निर्माण भएको सरकार छ भन्ने जनताले अनुभूत गर्न नपाएको दाबी गरेका छन् । प्रदेश सरकारको लगानीमा पोखरा २३ ठूलाखेतमा बन्न लागेको पुलको सिलन्यास गर्न पुगेका मुख्यमन्त्री गुरुङले संघीयता पछि अहिले प्रदेश र स्थानीय सरकार जनताको घर घरमा सरकारलाई अनुभूत गर्न पाएको बताएका छन् ।

    मुख्यमन्त्री गुरुङले पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेपछि काठमाडौंमा बनेको सरकारको शासन पद्धति नै अहिले सम्म चलिरहेको बताउदै उनले भने, ‘अलिकति अधिकार हेरफेर भयो होला नत्र त सरकार उही छ ।’ उनले यसअघि बनेको सरकारले खहरे खोला संरक्षण गर्न कुनै सरकारले पहल नगरेको र त्यसलाई पूरा गर्न प्रदेश सरकार आएको सुनाए ।

    ‘पोखरा फेवाताल बेचेरै बाँचिरहन्छ,’ उनले भने, ‘अनि पोखराले फेवाताल अतिक्रमण गरेर हुन्छ ?’ फेवाताल संरक्षणमा आजसम्म कतैबाट पहल नभएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखे । ‘आजसम्म फेवाताल संरक्षण गर्ने कुनै कोही जन्मेको छैन,’ उनले भने, ‘फेवाताल संरक्षणमा सर्वोच्चको आदेश पालना गर्न, फेवातालको मापदण्ड कायम गरेर नयाँ संरचना निर्माण गर्न आखिर प्रदेश सरकार नै चाहिदो रै’ छ ।’

    उद्घाटन समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रदेश सांसद राजीव पहारी, रामजी बराल, पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु पराजुली जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर –२४ का वडाध्यक्ष ओमप्रसाद सुबेदी लगाएतले पुल निर्माण पछि स्थानीय र विदेशी पर्यटकलाई समेत टेवा पुग्ने बताए । प्रदेश सरकारको ६ करोड ७५ लाख लगानीमा पुल निर्माणको जिम्मा निलगिरी कन्स्ट्रक्सनलाई दिएको छ ।

    ९० दशमलब ७५ मिटर लामो पुलको निर्माण १५ महिनामा सक्ने लक्ष्य लिइएको छ । पुल ९ मिटर फराकिलो हुने छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थलमा अवस्थित धार्मिक पर्यटनको क्षेत्र पञ्चासे पुग्ने सडकमा पक्की पुल बन्ने लागेको हो । पुल निर्माण पछि पर्यटकी क्षेत्र पञ्चासे, पोखरा वडा नम्बर २३ को ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १५ हजार नागरिक वर्षायाममा पनि यातायात सुविधा पाउने छन् ।
    हल्लनचोक, पामे, ठुलाखेत, घाँटीछिना सडक खण्ड अन्तर्गत पोखरा–२३ र २४ जोड्ने गरी खहरेखोलामा पुल बन्ने छ । भौगोलिक अवस्थाको कारण बक्सब्रीज आकारमा मल्टीसेल बक्सको डिजाईनमा पुल निर्माण गरिने प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख इन्जिनियर नारायण बरालले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।