• फेरि एकपटक जंगल जान सक्छु प्रचण्ड

    May 5, 2019     9:59 pm

    पोखरा, २२ बैशाख ।
    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताएका छन्। आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

    ‘समृद्धि र समाजवाद : हामी कहाँ छौं’ शीर्षक दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म के ठान्छु भने सम्पूर्ण चिज त्याग गरेर फेरि एकपटक जंगलमा जानु परे जान सक्छु।’

    फेरि जंगल जान आफूलाई कठिन नहुने प्रचण्डको दाबी छ। उनले त्यसका लागि साथीहरुको सहयोग भने आवश्यक हुने प्रष्ट पारे। ‘यो कुरा मलाई पटक्कै गाह्रो लाग्दैन’, प्रचण्डले भने, ‘कतिपय कसरी सकिन्छ भन्छन्। तर, तपाईंहरुको साथ चाहिन्छ म जान सक्छु।’

    प्रचण्डले कसैले साथ नदिए एक्लै जोगी भएर भने नजाने प्रष्ट पारे।
    ‘तपाईंहरुले साथ नदिए एक्लै जोगी भएर त जान्न’, उनले थपे, ‘तपाईंहरु साथमा हुनुभयो भने हेर्नुहोला म अर्को एउटा ‘क्लाइमेक्स’मा पार्टीलाई आन्दोलनमा लगेर मात्र माथि जाने विचारमा छु।’अन्नपूर्ण

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।