• सुखि जनता र समृद्ध राष्ट्र वनाउने अभियानमा सरकार – मन्त्री विक

    May 5, 2019     9:52 pm

    पोखरा, २२ वैशाख । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले संघिय सरकार राष्ट्र र जनतालाई समृद्ध वनाउने अभियानमा लागेको वताएका छन् । समृद्ध राष्ट्र निर्माणकालागी सरकारी वजेटलाई लक्षीत समूहसम्म प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक रहेको भन्दै उनले यसका लागी सरकारले सिस्टम वसाउदै गरेको दावी गरे ।

    जिल्ला समन्वय समिति कास्कीले शनिवार पोखरामा आयोजना गरेको क्षेत्रगत विकास सम्वन्धी कास्की क्षेत्र नं तीनको अन्तरक्रियात्मक समन्वय वैठकमा सम्वोधन गर्दै मन्त्री विकले स्थानीय उपभोक्ताकै सहभागितामा हुने कामले गुणस्तरीयता र पारदर्शीता वनाउन सहज हुने विश्वास व्यक्त गरे । स साना योजना स्थानीय सरकारवाट, मझौला खालका योजना प्रदेश सरकारवाट र ठूला तथा राष्ट्रिय गौरवका आयोजना केन्द्रीय सरकारवाट गर्नेगरी विकासको मोडल तयार पारिएको मन्त्री विकले वताए ।
    
     कास्की क्षेत्र नं तीनका संघिय सांसद समेमत रहेका मन्त्री विकले  क्षेत्र नं तीनको विकासका लागी सवैलाई एकतावद्ध भएर लाग्न आग्रह गरे ।
    
    गण्डकी प्रदेसका सभासद  राजीव पहारीले पहिलो वर्ष संरचना निर्माणमा नै जुटेको प्रदेस सरकारले अवका वर्षमा विकास निर्माणलाई प्राथमीकतामा राखने वताए ।  तीनवटै तहका सरकारको सहयोग र समन्वयले मात्र समृद्ध नेपाल र सुखी नेपाली सम्भव रहेको भन्दै केन्द्रीय सभासद, प्रदेश सभासद र स्थानीय जनप्रतिनिधि वसेर प्राथमीकताका आधारमा योजना तय गर्ने तयारी भईरहेको जानकारी दिए । गाउँगाँउमा वाटो, फेवातालमा  माटो भन्दै उनले फेवाताल जलाधार  क्षेत्रको विकासमा ध्यानदिनुपर्नेमा जोड दिए ।
    
    प्रदेस सभासद मित्रकुमारी गुरुङ सुवेदीले एक ठाउमा पेश गरेका योजना अनय निकायमा पेश नगर्न जनप्रतिनिधिहरलाई आग्रह गरिन  ।  जिविस कास्कीका पुर्व सभापती पुण्य पौडेलले प्रदेशको राजधानी र पर्यटनको हव वनेको पोखरामा रहेको फेवाताललाई कसरी जोगाउने भन्ने चिन्ता वढ्दैजानु दुखद रहेको वताए ।
    
    कार्यक्रमका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर क्षत्रीले संघ र प्रदेशका योजनाहरु वडामा संचालन भईरहदा जनप्रतिनिधिहरु वेखवर जस्तै वन्ने गरेको भन्दै जिल्ला समन्वय समिति सधै समन्वय गर्न तयार रहेको वताए ।

    जिल्ला भित्रका दुरगामी महत्वका विकास आयोजनाहरु कसरी संचालन भएका छन र तीनलाई कसरी समयमै सम्पन्न गर्न सकिन्छ भनेर जिल्ला समन्वय समिति कास्कीले यस अघि कास्की क्षेत्र नं एक र दुईका जनप्रतिनिधिहरु वीच अन्तरक्रिया गरिसकेको छ । स्थानीय आवश्यकता र गुनासालाई सतहमा ल्याउने काम समन्वय समितिले गर्दै आएको छ ।

     कार्यक्रममा  कास्की क्षेृत्र नं तीन अन्तर्गत माछापुच्छ«े गाउपालिकाका, अन्नपुर्ण गाउपालिकाका प्रमुख तथा गाउ कार्यपालिका सदस्य, क्षेत्र नं तीन अन्तर्गत पर्ने पोखरा महानगरका कार्यपालिका सदस्य हरुको सहभागिता रहेको थियो । सहभागी सदस्यहरुले पर्यटन, कृषि, शिक्षा, सडक लगाएतका विकासका  न्यूनतम पुर्वाधार का वारेमा वडामा भएका प्रगती र आगामी  भावी योजनाहरु प्रस्तुत गरेका थिए । 

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।