• दशैंअघि पोखरा–सराङकोट केबलकार सञ्चालनमा आउने

    May 4, 2019     6:22 pm

    पोखरा, २१ बैशाख ।
    पोखरादेखि सराङकोट जोड्ने केबलकार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । दशैं अघि नै केबलकार सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।

    ‘आउदो दशैअघि नै केबलकार सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ’ केबलकार निर्माण आयोजनाका निर्देशक तीर्थराज त्रिपाठीले बताए ।

    यसअघि बैशाखको पहिलो साता काम सकेर केबलकार परीक्षण गर्ने निर्माण कम्पनीले बताएको थियो । केबलकारको लट्ठो समयमै ल्याउन नसकेकाले जेठको अन्तिम साताबाट मात्रै परीक्षण सुरु हुने निर्देशक त्रिपाठीले सुनाए ।

    दुई दशमलव २ किलोमिटर लम्बाई रहने केबलकारमा १३ वटा टावर रहने आयोजनका प्रोजेक्ट इन्जिनियर शैलेन्द्रकुमार सिकेले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले सुनाए । ‘१७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिने सक्छौं,’ प्रोजेक्ट इन्जिनियर सिकेले भने, ‘यात्रुको संख्या बढ्दै गए, डब्बा थप गरेर ३५ वटा सम्म डब्बा पु¥याउन सकिन्छ ।’ केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्ने उनले सुनाए ।

    केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसँग लिजमा लिएको निर्देशक त्रिपाठीले बताए ।

    नेपालमा सञ्चालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा केबलकार झुन्डिने उनले बताए ।

    केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहेको छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको निर्देशक त्रिपाठीले बताए । आयोजनाको कुल खर्च करिब एक अर्व ३० करोड रहेको कम्पनीको उनको भनाई छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।