• फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण गर्ने सहमति पार्टीको नाम समाजवादी पार्टी नेपाल

    May 4, 2019     6:15 pm

    पोखरा, २१ बैशाख ।
    उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित भएको छ।

    दुई पार्टीबीच सोमबार (वैशाख २३ गते) एकीकरण गर्ने घोषणा गर्ने समझदारी भएको हो ।

    शनिबार दुई पार्टीबीचको अन्तिम छलफलबाट एकीकरणको मिति टुंगो लगाइएको हो ।

    एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ भने सो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गाीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

    एकीकरण गर्ने समझदारीपछि उपेन्द्र यादव र बाबुराम भट्टराईले एक संयुक्त वक्तब्य जारी गर्दै विगत केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर संघीय समाजवादी पार्टी नेपाल बनाउने ऐतिहासिक समझदारी भएको उल्लेख गरेका छन् ।

    एकता घोषणा कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।