• तस्बिर सम्झनाको लागी खिचिन्छ

    May 4, 2019     11:45 am

    पोखरा २१।यदी तिमीलाई पुरानो साडी र फाटेको चोली लगाएकी आफ्नी आमासंग आफ्ना साथीहरु चिनाउन लाज लाग्छ भने आमाको तस्बिर सिंगारेर साथीभाइको सामु शान देखाउदै आफ्नी आमालाई सम्झिएको छु भनेर शुभकामना दिने पनि कुनै अधिकार छैन। सबैको सोच एउटै नहोला तर कतिपय मानिस यहाँ त्यस्ता पनि छन जसलाई आफ्नी बुढी भएकी आमाको चाउरिएका गाला कसैले नदेखुन भनेर फोटो खिच्न मन लाग्दैन र आदर्शका कुरा गर्दै भन्छन मेरी आमा मेरो मुटुमा छिन। हरेक दिन हरेक ठाउ घुम्दा फेरिने तिम्रो प्रोफाइलमा आज को विशेष दिन पनि आफ्नी आमालाई स्थान दिएनौ भने तिमी आफ्नी आमासंग आफ्ना साथी भाईहरुलाई कसरी चिनाउछौ ? सम्झना होस भनेर हरेक स्पेशल मान्छेको तस्बिर खिच्ने तिम्रो लागी के तिम्री आमा कहिल्यै स्पेशल बनिनन ?
    आमाको तस्बिर राख्नासाथ सबैको लयलयमा लागेर यो नसोच कि आमालाई हेला गर्ने अनि फेसबुकमा सजाउनुको के अर्थ आमा त मनमा छिन..आज तिमीसंग त क्यामेरा पनि छ र आमा पनि छिन र आफ्ना हजारौँ फोटो अटाएको ठाउमा सम्झनाको लागी एउटा स्थान दिनु गलत होइन । आमालाई माया गर्न दिन चाहिदैन र तस्बिर सम्झनाको लागी खिचिन्छ तर आज आदर्शवादी बन्दा भोली त्यस्तो दिन नआओस कि तिम्रा छोरानातीले हजुरकी आमा खै भन्दा चिनाउने बाटो नरहोस। समय अनुसार चल्न सिक र आमालाई माया गर नत्र भोली तिमीले पनि आफुसंग क्यामेरा भएर पनि यस्तै सोच्नुपर्नेछ ,”आमा हिजो तिमी मसंगै थियौ तर मसंग तिम्रो साथमा बसेर मुस्कुराउदै फोटो खिच्ने समय भएन…सबैका आमाहरुलाई सामाजिक सञ्जालका भित्ताहरु भएपनि चिन्ने अवसर पाएको मैले तिमीलाई कसैसंग चिनाउनै पाइन। तिम्रो फोटोले भएपनि आज मेरा साथीभाइहरुको ढोग पाउथ्यो होला मलाई माफ गर है मेरी आमा मुटुभरी ठाउ दिन सकेपनि मैले तिमीलाई कसैसंग भेट गराइन, तिम्रो सम्झनाका लागी त मसंग सबै यादहरु छन तर ति यादहरु बाड्न मैले कुनै तस्बिर खिचाइन।”
    लेखक: किरन न्यौपाने
    #Ray_Of_Light
    #समय_सान्दर्भिक_सुर्य

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।