• सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही छैनः देउवा

    May 3, 2019     10:15 pm

    पोखरा बैशाख २० ।
    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेको छ।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासन बाहेक अरु केही पनि नभएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन्।

    राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अघिल्लो वर्षकै निरन्तरता बाहेक सरकारले आफ्नो नीति तथा कार्यक्रम केही थप उल्लेख गर्न नसकेको बताए।

    सभापति देउवाले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नुको साँटो ‘नेपाल सरकार’ भनेको भए उपयुक्त हुने धारणा पनि राखे।

    राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेको आफूलाई अनुभूति भएको सभापति देउवाको भनाई छ।

    त्यसैगरी काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाए। उनले सरकारको नीति तथा कार्यक्रमले जनतालाई राहत नदिने दावी पनि गरे।

    प्रमुख सचेतक खाँणले सरकारको नीति तथा कार्यक्रममा घोषित कार्यक्रमलाई कार्यान्वयनमा लैजाने योजना नभएको दावी समेत गरे।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।