• घान्द्रुकबाट सिके हस्पिटालिटी नेपालका प्रतिस्पर्धीले‘अतिथि सत्कार’को मौलिक तरिका

    March 9, 2019     9:48 pm

    ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो सिजनका प्रतिस्पर्धीहरुले पर्यटकीय घान्द्रुक गाऊँ घुमेका छन् । उनीहरुले त्यहाँ ग्रामिण पर्यटकीय क्षेत्रमा ‘कसरी अतिथिको सत्कार गरिन्छ ?’ भन्ने कुरा नजिकबाट सिके ।

    गुरुङ समुदायको बाहुल्यता रहेको घान्द्रुक अथिति सत्कारकै कारण पर्यटकको रोजाईमा पर्ने गरेको उनीहरुले त्यहाँबाट फर्केपछि बताएका छन् । ‘हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले पाहुनाको सत्कार गर्ने तरिका यहाँबाट प्रशस्त सिक्न सक्छन् । त्यसैले पनि हामीले हाम्रा प्रतिस्पर्धीहरुलाई घान्द्रुक भिजिट गराएका हौँ ।’ हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक संस्था एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने ।

    प्रतिस्पर्धीहरुले घान्द्रुक पुगिसकेपछि जस्तो अवस्थामा पनि ‘हस्पिटालिटी’ आवश्यक भएको महशुस गरेको आयोजक कम्पनीले जनाएको छ । ‘यो उनीहरुको लागि निकै महत्वपूर्ण भिजिट रह्यो । प्रतिस्पर्धीहरुले घान्द्रुकको स्थानिय समूदायसँग निकै रमाईलो पनि गरेका थिए ।’ एपी इन्टरटेनमेन्टले भनेको छ ।

    तेस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तरगत १८ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेका लागि भिड्दैछन् । यतिबेला आयोजकले प्रतिस्पर्धीहरुलाई बन्द प्रशिक्षणमा राखेर हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित विभिन्न प्रशिक्षण र तालिमहरु दिईरहेको छ । त्यो बाहेक नेतृत्व र व्यक्तित्व विकासमा सहयोग गर्ने प्रशिक्षणमा पनि प्रतिस्पर्धीहरु सहभागी भैरहेका छन् ।

    यसैबीच आयोजक एपी इन्टरटेनमेन्टले बुधबार प्रतिस्पर्धीहरुलाई ‘टेबुल म्यानर’को विषयमा प्रशिक्षण दिएको छ । इन्टरनेशनल होटल ट्रेनिङ सेन्टर न्यूरोडले उनीहरुलाई ‘टेबल म्यानर’को विषयमा प्रशिक्षण दिएको हो । ट्रेनिङ सेन्टरको तर्फबाट विकास गुरुङले प्रतिस्पर्धीहरुलाई सहजीकरण गरेका थिए ।

    यस्तै बुधबार नै प्रतिस्पर्धीहरु ‘बार टेन्डर’ कक्षामा पनि सहभागी भए । उनीहरुले फ्लेमिङ, जग्लिङ आर्ट सिक्नुका साथै कक्टेल र मक्टेल बनाउन सिकेका थिए । इलुजन बार टेन्डर एकेडेमीले उनीहरुलाई यो कक्षामा सहभागी गराएको एपी इन्टरटेनमेन्टका उज्जवल बस्नेतले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।