पोखरा २०।
मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ।
उनले भनिन्, “शुक्रवार पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ।”
बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्।
फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ।
नेपालको मौसम विभागले पनि पूर्वानुमान अनुसार शुक्रवार अपरान्हपछि सो आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने जनाएको छ।
सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो।
हिमपात र हिमपहिरोमा परेर कम्ती तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो।
टोर्नेडो के हो र यो नेपालमा कसरी उत्पन्न भयो
हावाहुरीले बारा र पर्सामा ठूलो धनजनको क्षति
गत महिना नेपालको बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीमा धनजनको ठूलो क्षति भएको थियो।
नेपालको मौसम विज्ञान विभागले सो हावाहुरी टोर्नेडो भएको बताएको छ।