पोखरा २० बैशाख । आज (शुक्रबार) देशको पुर्वी भु–भागमा पुर्ण बदलि र मध्य र पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
पुर्वका केही स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
त्यसैगरी रातिको समयमा देशभरि सामान्यदेखि पुर्ण बदली रही पुर्वका केही स्थानहरुमा र मध्य र पश्चिमी भु–भागका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी र हिमाली भु–भागमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ।