• प्रदेश ३ र ४ मा नेपाल बन्द

    May 2, 2019     4:43 pm

    पोखरा १९।
    नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ ।

    बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका हो ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य केन्द्रीय कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान छ । साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।