• बैशाख २१ गते सम्मको मौसम डरलाग्दो, हावाहुरी सहित वर्षाको संभावना

    May 2, 2019     7:24 am

    पोखरा १९ ।मौसम पूर्वानुमान महाशाखाले बैशाख २१ गतेसम्मको मौसम खासै राम्रो नभएको जनाएको छ । शनिबारसम्मको मौसमको अवस्था सार्वजनिक गर्दै महाशाखाले यसबिचमा हावाहुरीसहित वर्षाको संभावना रहेको जनाएको हो ।

    आज दिउँसो देशको पश्चिमी, पुर्वी र मध्य पहाडी भ–भागमा आंसिकदेखि सामान्य बदलि रहने र बाँकी भु–भागमा आंसिक बदली रहने महाशाखाले जनाएको छ । यस्तै, पश्चिमी भूभागका साथै पुर्बी भु–भागका केहि स्थानमा र मध्य पहाडी भु–भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको संभावना रहेको महाखाले दावी गरेको छ ।

    यस्तै, आज राति देशभरि आंसिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जने र हावाहुरीसहित वर्षाको संभावना छ । उता, बैशाख २० गते शुक्रबार पनि आंसिकदेखि सामान्य बदलि रहने र केहि स्थानमा मेघ गर्जने र हावाहुरी सहित वर्षाको संभावना रहेको महाशाखाले स्पष्ट पारेको छ । शुक्रबार राति मुलुकभर सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको संभावना छ ।

    महाशाखाका अनुसार बैशाख २१ अर्थात शनिबार पनि दिनभर देशको पुर्वी भु–भागमा पुर्ण बदली, मध्य र पश्चिमी भु–भागमा आंसिकदेखि सामान्य बदलि रही पुर्वी भु–भागका अधिकांस स्थानहरुमा, मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जने, हावाहुरी चल्ने र वर्षाको हुने सङ्केत गरेको हो ।

    शनिबार राति पुर्वी भु–भागमा पुर्ण बदली, मध्य र पश्चिमी पहाडी भु–भागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भु–भागमा आंसिक बदली रहने महाशाखाले जनाएको छ । यस्तै, पुर्वी भु–भाग लगायात मध्य तथा पश्चिमी पहाडी भु–भागका केहि स्थानहरुमा मेघ गर्जने र हावाहुरीसहित वर्षाको संभावना रहेको स्पष्ट पारेको हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।