• पत्रकार बराललाई टंकादेवी पुरस्कार

    May 1, 2019     10:16 pm

    पोखरा,१८ वैशाख । पोखराका क्रियाशिल पत्रकार ऋषिराम बराललाई ‘टंकादेबी तुलसीप्रसाद स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिने भएको छ ।


    पत्रकार महासङ्ग कास्कीद्धारा सञ्चालित तथा पोखरा–५ निवासी सुवर्णप्रसाद कोइराला परिवारजनद्धारा स्थापित सो पुरस्कारको राशी रु. २५ हजार, सम्मानपत्र र दोसल्ला छ।


    दुई दशकदेखी पोखरालाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा आवद्ध रहनुभएका बराललाई पत्रकारिता मार्फत समाज रुपान्तरणमा भूमिका खेलेकोमा सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको महासङ्गका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


    पत्रकार बराल हाल दि हिमालयन टाईम्स र आदर्श समाज दैनिकमा कार्यरत हुनुहुन्छ ।


    प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक तथा पत्रकारहरु रमेश पौडेल , जमुना बर्षा शर्मा सदस्य र महासंघका अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई महासङ्गको आजको बैठकले अनुमोदन गरि बराललाई सो पुरस्कार अपर्ण गर्ने निर्णण गरेको हो ।


    यहि बैशाख २४ गते ‘राष्ट्रिय पत्रकारिता दिवस’को दिन सो पुरस्कार अर्पण गरिने महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


    बरालले वि.सं. २०५६ मा आदर्श समाज दैनिकबाट पत्रकारितामा शुरु गर्नुभएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।