• मजदुरका दुःखका दिन गए प्रधानमन्त्री ओली

    May 1, 2019     6:06 pm

    १८ बैशाख ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरका दुःखका दिन गएको दाबी गरेका छन्।

    १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रमिकको अधिकारका लागि कुनै कसर बाँकी नराख्ने बताए। श्रमिकको अधिकार लागि ल्याइएका श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लाग्ने बताए।

    मजदुरलाई न्याय दिन कुनै पनि रोजगारदाताले कन्जुस्याई गर्न नहुने उनको भनाइ छ। मजदुर सर्वोपरी हुन्,’ उनले भने, ‘मजदुर प्रशन्न भएर काम गर्न पाउनुपर्छ।’ श्रमिक खुसी भएमात्रै ‘सुखी नेपाली र समृद्ध नेपाल’ अभियान सार्थक हुने उनको भनाइ छ।

    सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी बनाउन तथा बैंकमार्फत भुक्तानी दिने व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्रीले सबै रोजगारदातालाई आह्वान गरेका छन्। सरकार, रोजगारदातार श्रमिकको त्रिपक्षीय सम्झौताबाट मात्रै देश अघि बढ्ने उनले बताए।

    नेपालमा लगानीको वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘ढुक्क भएर लगानी गर्नुहोस्,समृद्धिको अभियानमा इट्टा थप्नुहोस्।’ एक वर्षको अवधिमा श्रमिकका पक्षमा धेरै रचनात्मक काम भएको भन्दै कार्यान्वयनका पक्षमा पनि उत्तिकै सक्रिय भएर लाग्ने प्रधानमन्त्री ओलीले बताए।

    प्रधानमन्त्री ओलीले राजनीतिक दलका समकक्षीहरूलाई मजदुरको एकताबाट सिक्न आग्रह गरेका छन्। ‘एकताबाट मात्रै उपलब्धि हासिल गर्न सकिन्छ’ उनले भने।

    व्यापार घाटा दिनप्रतिदिन बढेको भन्दै प्रधानमन्त्री ओलीले कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, पर्यटन तथा उद्योगको विकासबाट मात्रै आर्थिक विकास सम्भव हुने बताए।

    यो वर्ष आधार वर्षको रुपमा रहेको हुँदा नीतिगत विषयमा केन्द्रित हुँदाहुँदै पनि धेरै राम्रा काम भएको उनले दाबी गरे। बन्द भएका उद्योग खुल्ने क्रम बढेको र नयाँ नयाँ उद्योग पनि थपिँदै गएको भन्दै प्रधानमन्त्री ओलीले द्रुतगति रोजगारी सिर्जना हुँदै गएको बताए। सरकारले ल्याएको सय दिने रोजगारी कार्यक्रमले पनि धेरै रोजगारी सिर्जना गर्ने उनले दाबी गरे। अन्नपूर्ण

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।