• नेपाल एयरलाइन्सका चर्चित पाइलट विजय लामा निलम्बित

    April 29, 2019     6:04 pm

    बैशाख १६।

    नेपाल एयरलाइन्सका पाइलट एवम् प्रवक्ता विजय लामा निलम्बित भएका छन् । नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई निलम्बित गरिदिएको हो ।

    गत वैशाख ४ गते प्राधिकरणले पाइलट लामालाई सो अभिव्यक्तिबारे स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको जनाइएको छ ।

    एक सञ्चारमाध्यामलाई अन्तर्वार्ता दिने क्रममा क्रममा ािइलट लामाले आवेशमा आएर नियमन गर्ने निकायलाई (प्राधिकरण)लाई चुनौती दिएका थिए ।

    विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडानको अनुमति किन दिने भन्दै प्रष्टिकरण सोधेको थियो।
    पाइलट लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका थिए।

    लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन्। लामा नेपाल एयरलाइन्समा निकै लामो उडान अनुभव सम्हालेका पाइलट हुन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।