• क्रिकेट रंगशालाका लागि युएईमा उठ्यो २२ लाख

    April 29, 2019     2:56 pm

    पोखरा, १६ वैशाख ।
    चितवनको भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ अप्रील २६ तारिख अर्थात वैशाख १३ शुक्रबारको दिन दुबईको ग्राण्ड एक्सलसिएर होटलमा आयोजित ‘धुर्मुस सुन्तली साँझ–२०७६’ भव्यताका साथ सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

    उक्त कार्यक्रमबाट रंगशाला निर्माणका लागि २० लाख रुपैँया सहयोग प्राप्त भएको जनाइएको छ। कार्यक्रमको भोलिपल्ट युएईको राजधानी आबुधाबीस्थित नेपाली चुलो रेस्टुरेन्टमा आयोजना गरिएको मिट एन्ड ग्रीट अर्थात् छोटो भेटघाट कार्यक्रम बाट २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएको सितराम कट्टेल धुर्मुसले जनाएका छन्।

    कार्यक्रम युएईमा क्रियाशील ३८ वटा संघसंस्थाहरु मिलेर आयोजना गरिएको थियो। कार्यक्रमको संयोजन चितवन समाज युएईले गरेको थियो। कार्यक्रममा धुर्मुस सुन्तलीले नेपालको राजनीति र ब्याप्त भ्रष्टाचारप्रति व्यंग्य गर्दै सच्चा नागरिक नामको प्रहशन प्रस्तुत
    गरेका थिए।


    चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधानले सुमधुर गीत संगीतको माध्यमबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।