• पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट लायन वर्ष २०१९/२० का लागि लायन्स गभर्नरमा इन्दु, फस्ट भाइसमा मन र सेकेण्ड भाइसमा विशेश्वर

    April 29, 2019     2:47 pm

    पोखरा, १६ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा इन्दु लम्साल विजयी भएकी छन् । शुक्रबार र शनिबार पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट लायन वर्ष २०१९/२० का लागि उनी गभर्नर चयन भएकी हुन् । प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका विजयी भएका छन् ।

    द्वितीय भाइस गभर्नरमा विशेश्वर आचार्य विजयी भएका छन् । प्रतिस्पर्धी ध्रुव श्रेष्ठलाई पछाडि पार्दै आचार्य विजयी भएका हुन् । विशेश्वर आचार्य ५ सय ४४ मतका साथ विजयी हुँदा श्रेष्ठले ३ सय ३० मत पाएका थिए ।

    यसैबीच नवनिर्वाचित गभर्नर इन्दुु लम्सालले क्याविनेट सेक्रेटरी सहित केही महत्वपूर्ण पदमा नियुक्ति गरेकी छन् । लम्सालले क्याविनेट सेक्रेटरीमा विनोद ढुंगानालाई नियुक्त गरेकी छन् ।

    ट्रेजररमा भीम लाल पौडेल, चिफ एडभाइजरमा महेन्द्र पौडेल, पब्लिक रिलेसन अफिसर इन चिफमा रामचन्द्र पोखरेल तथा डिष्ट्रिक्ट एडमिनिटे«टरमा उदय कुमार नेपाललाई नियुक्त गरिन् । सबैको साथबाट लायन वर्ष २०१९÷२० लाई उत्कृष्ट बनाउने उनको प्रतिबद्धता छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।