• विश्वभरका मानिस रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै

    April 28, 2019     10:26 pm

    पोखरा, १५ वैशाख ।
    विश्वभरका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको एउटा अध्ययनले देखाएको छ।

    संसारका १४० देशका १५०,००० भन्दा बढी मानिसहमा गरिएको अध्ययनमा उनीहरूमध्ये एक तिहाइले तनावग्रस्त भएको र पाँचमा एकजनाले दुःखी भएको वा रिसाएको बताएका छन्।

    वार्षिक ग्यालप ग्लोबल इमोशन्स रिपोर्टले मानिसहरूलाई सकारात्मक र नकारात्मक अनुभवहरू सोध्ने गर्छ। प्रतिवेदनका अनुसार सबैभन्दा नकारात्मक देश चाड र नाइजर हुन् भने सबैभन्दा सकारात्मक देश पाराग्वे हो।

    अध्ययनकर्ताहरूले सहभागीको एक दिन अगाडिको अनुभवलाई समेट्ने गरेका छन्।

    सहभागीहरूलाई ’के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो’ र ’के तपाईँलाई सम्मानजनक व्यवहार गरियो’ भन्नेजस्ता प्रश्न गरेर मानिसहरूको दैनिक जीवनको अनुभव बुझ्ने प्रयास गरेका छन्।

    ल्याटिन अमेरिकी राष्ट्रका मानिसहरूले धेरै नै सकारात्मक अनुभव हुने बताएका छन्। ग्यालपका अनुसार सो क्षेत्रमा जीवनका सकारात्मक कुराका ध्यान दिने संस्कृतिका कारण यस्तो भएको हो।

    अफ्रिकी राष्ट्र चाडमा भने १० मध्ये सात जनाले गत वर्षमा कुनै बेला खानेकुरा प्राप्त गर्न पनि संघर्ष गर्नुपरेको बताएका छन्। चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन्।

    चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ। ५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ। अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ।बिबिसि

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।