• पृथ्वी बचाउने हो भने मासु उपभोगमा कमी गर्नुपर्ने

    April 27, 2019     6:28 pm

    पोखरा, १४ वैशाख ।
    मानवजातीले प्रयोग गर्ने मासुको उपभोग प्रत्यक वर्ष बढिरहेको छ । विज्ञान जर्नल ‘नेचर’मा प्रकाशित एक रिपोर्ट अनुसार यो पृथ्वीको धान्ने क्षमताभन्दा बढी हुने अवस्थामा पुगिसकेको छ ।

    केही वर्षभित्र विश्वको जनसंख्या १० अर्ब पुग्दैछ । त्यति जनसंख्यालाई खाना पु¥याउने हो भने मानिसले अहिले खाइरहेको रातो मासुमा ७५ प्रतिशतले कमी गर्नुपर्छ ।

    त्यस्तै सुंगुरको मासुको हालको खपतलाई ९० प्रतिशतमा झार्नुपर्छ भने अहिले खाइरहेको भन्दा आधा अण्डामात्र खानुपर्छ ।

    नेचरमा प्रकाशित अध्ययनका अनुसार यी परिवर्तन नगर्ने हो भने पृथ्वीका सबै मानिसलाई खाना पु¥याउन नसकिने मात्र होइन, जलवायु परिवर्तनलाई नियन्त्रण गर्न पनि सकिँदैन ।

    अनुसन्धान समूहको नेतृत्व गरेका अक्सफोर्ड विश्वविद्यालयका मार्को स्प्रिंगम्यानले यो रिपोर्ट निक्कै ‘चिन्ता लाग्दो’ भएको बताए । रिपोर्टको व्याख्या गर्दै उनले भने, ‘हामी सम्पूर्ण प्रणालीको दिगोपनलाई खतरामा पारिरहेका छौं । यदी हामी सबै मानिसलाई भाग पु¥याउनुपर्छ भन्ने सोच्छौं भने मासुको खपतमा नियन्त्रण गर्नुपर्छ ।’

    अध्ययनका लेखकले केही देशका मानिसले यसमा बढी त्याग गर्नुपर्ने जोड दिए । उदाहरणको लागि अमेरिका र संयुक्त अधिराज्यका मानिसले हालको मासु खपतमा ९० प्रतिशतले कम गर्नुपर्छ । त्यस्तै दूधको प्रयोगमा पनि ६० प्रतिशत कमी ल्याउनुपर्ने सुझाव छ ।

    अध्ययनको निश्कर्षले खाद्यान्नको उपभोगमा कमी गर्नुपर्ने सुझाव मात्र दिएको छैन । त्यसमा हाल कम पोषण पाइरहेका देशका नागरिकले पोषणका लागि मासु तथा दुधजन्य खाना उपभोग बढाउनुपर्ने सुझाव दिएको छ ।

    तर सुझाव जस्तो मासुको खपत कम गर्न भने गा¥हो हुनसक्छ । किनकि हालको मासु उपभोगको तथ्याकं हेर्ने हो भने निक्कै उच्च छ । औसतमा अमेरिकी नागरिकले वर्षमा २२२.२ पाउण्ड रातो मासु र कुखुराको मासु खान्छन् । यो हालसम्मकै उच्च हो ।

    आजको दिनमा चीनमा औसत १४० पाउण्ड मासु उपभोग हुन्छ । विगत चार दशकमा त्यहाँ मासु उपभोग चार गुणाले बढ्यो ।

    मासुको मागमा वृद्धिले विश्वभरी मासुको व्यवसाय त बढाएको छ । तर यसले विश्वव्यापी वातावरणमा असर पनि गरिरहेको छ ।

    मासुका लागि पालिने जीवलाई ठूलो मात्रामा घाँस आवश्यक पर्छ । घाँसे मैदानको लागि जमिन सिर्जना गर्न प्रत्येक वर्ष ठूलो भू–भागको वन फडानी हुन्छ ।

    यस कार्यले जलवायु परिवर्तनलाई बढाउने र पर्यावरणलाइ ध्वस्त पार्नेजस्ता नकरात्मक असर पार्छ । त्यस्तै जनवारलाई हुर्काएर बढाउनको लागि ठूलो परिणाममा पानीको प्रयोग हुन्छ । यी बाहेक आवश्यक हुने चोकरको लागि पनि जमिनको आवश्यकता हुन्छ ।

    एक अध्ययनअनुसार एक ह्याम्वर्ग बनाउन प्रयोग हुने मासुको लागि ६०० ग्यालन पानी प्रयोग भएको थियो । जबकी एक पाउण्ड आलु उत्पादन गर्नको लागि ५ ग्यालन पानी भए पुग्छ ।

    त्यस्तै मासुको लागि पालिने जीवको संख्यामा ठूलो वृद्धि गरिँदा ति मार्फत हुने हरितगृह ग्यासको उत्सर्जनमा पनि वृद्धि हुन्छ । मासु खाइने जीवको संख्या कति धेरै छ भनेर तिनको संख्याले पुष्टि गर्छ ।

    पृथ्वीमा रहेका कुल स्तनधारी जीवको ६० प्रतिशत मासु खाइने स्तनधारी छन् । त्यस्तै कुखुरा पृथ्वीको सबै चराको ७० प्रतिशत रहेको तथ्याकं छ ।

    मासु उत्पादन घटाइँदा तिनको लागि प्रयोग हुने खेत–जमिन न्यून स्रोतको उपभोगमै उत्पादन हुने खाद्यान्न उब्जाउनको लागि प्रयोग गर्न सकिन्छ । तरकारी, अन्न, दाल र अन्य धेरै वनस्पति उब्जाउन मासुको तुलनामा निकै थोरै स्रोतको उपभोग हुन्छ ।

    त्यस्तै अध्ययनमा संलग्न अनुसन्धानकर्मीले मासुको लागि दिँदै आएको अनुदान वनस्पतिमा आधारित खानालाई दिन थाल्नुपर्ने सुझाएका छन् ।

    ‘मेरो विचारमा यदी सरकार गम्भिर भयो भने यो कार्य गर्न नसकिने पनि होइन,’ स्प्रिंगम्यानले भने । यो अध्ययन संयुक्त राष्ट्र संघले वर्षौं लगाएर गरिएको जलवायु परिवर्तनसम्बन्धी एक विश्लेषण प्रकाशन भएको हप्ता नै प्रकाशित गरियो ।

    संयुक्त राष्ट्रको रिपोर्टले जलवायु परिवर्तनबाट हुने विध्वसं रोक्नको लागि ‘समाजको सबै पक्षले शीघ्र, दीर्घकालिन र ठूलो परिवर्तन गर्नुपर्ने’ कुरामा सजग गराएको छ ।

    मासुको उपभोग पुरै त्याग्न सके राम्रो अन्यथा उल्लेख्य परिणाममा न्यूनिकरण गरिनुपर्ने त्यहाँ पनि उल्लेख थियो । एजेन्सी ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।