• लायन्स क्लब आफैमा एउटा प्रजातान्त्रिक संस्था हो

    April 26, 2019     11:26 pm

    धनराज आचार्य
    निवर्तमान गभर्नर
    लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ बि वान

    लायन्स अन्र्तराष्ट्रिय ३२५ बि वान सदस्यताको हिसावले संसारकै सवैभन्दा ठुलो क्लब हो । क्लबको संख्याको दृष्टिले पनि यो संसारको दोस्रो ठुलो डिस्ट्रिक हो । भौगोलिक हिसावले सानो ठाउँ भएपनि यो क्लब संसारकै ठुलो क्लब मध्य पर्छ । धेरै क्लब भएपछि धेरै सेवा पनि हुने नै भयो । त्यसैले संसारमा सबैभन्दा धेरै सेवा गर्ने डिस्ट्रिक पनि हो यो । यहि कारण विगतमा यो डिस्ट्रिक विश्वकै उत्कृष्ट कहलिएको थियो । विगतको यो विरासतलाई भविष्यमा पनि कायम राख्न आवश्यक छ । यो वर्ष पनि धेरै राम्रा कामहरु भएका छन् । आउदोँ वर्ष पनि राम्रा काम होस् भन्ने अपेक्षा रहेको छ ।

    लायन्स क्लब आफैमा एउटा प्रजातान्त्रिक संस्था हो । यसमा प्रतिस्पर्धी नभएको अवस्थामा पनि उम्मेदवारले ५० प्रतिशत प्लस एक एस भोट ल्याउनु पर्छ । त्यसैले निर्वाचन यसको पयार्यवाची हो । निर्वाचन नै हुनुहुदैन भन्ने होइन । तर निर्वाचन नहुँदा राम्रो हुने हो भन्ने सन्दर्भमा दुइमत नै रहेन ।

    यसमा हामीले धेरै मिलाउने प्रयत्न पनि गर्यौं । विगतदेखि आज सम्म दर्जनौ पटक निर्वाचन भएका छन् । दर्जनौ पटक भएका पनि छैनन् । त्यसैले निर्वाचन हुनैपर्छ भन्ने पनि होइन । हुनै हुदैन भन्ने पनि छैन । यसपटक पनि हामी गत दुइ वर्ष लगातार चुनावमा गयौं । यसले हाम्रो आन्तरिक जीवनमा त्यति राम्रो देखिएन । हुनत हामी चुनाव सकिएको भोलीपल्ट देखि यो हुनुहुदैन भन्छौ । तर केही न केही त्यसको तुषहरु देखिदो रहेछ । त्यही भएर चुनाव नहोस भनेर यो पटक पनि हामीले धेरै प्रयत्न गर्यौं । काठमाण्डौका साथीहरुले ठुलो छाती बनाएर हामीले एक किसिमको भद्र सहमती पनि गरका थियौं । अर्को वर्ष काठमाण्डौको पालो थियो । तर उहाँहरुले सहमती हुन्छ भने पोखरालाई नै उक्त पालो दिने भनिए पनि अहिलेका उम्मेदवारहरुलाई अर्को पटकको लागि तयार हुनुभएन । हामीले सहजीकरण गर्ने कुरा हो । मरो नै संयोजकत्वमा कमिटी बनेको थियो ।


    सेवा समय र परिस्थिती हेरेर हुने गर्दछ । आकस्मिक सेवाहरु गर्नुपर्ने परिस्थितीहरु पनि हुन सक्छन् । जस्तै हामीले भुकम्पका बेला तथा अहिले मात्रै बारामा गएको आँधीका बेला गरेको सेवा उल्लेखनिय रह्यो । अवको शताब्दी भनेको डाइविटिजको क्षेत्रमा काम गर्ने रहेको छ । अबको चासो भनेको डाइविटिज हुनै नदिने वा भएकाहरुलाई केयर गर्ने रहेको छ । त्यसैले हामीले नेपालमा डाइविटिज केयर सेन्टर स्थापनाको योजनामा पनि रहेका छौं । यो शताब्दीमा हामीले अन्धोपन निवारणमा काम गरेका थियौं ।


    महाधिबेशनले पोखरा वाहिरका पनि धेरै लायन्सको आगमन हुनेछ । त्यसैले स्वभाविकरुपमा नै पोखराको प्रमोसन त हुने नै छ । यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।