• समाजसेवाका लागि पुरुष भन्दा महिला अगाडी

    April 26, 2019     11:19 pm

    विधाता द्धा
    सचिव
    लायन्स महाधिबेशन मुल आयोजक समिती
    लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपाल

    लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालको महाधिवेशनको आयोजना गर्ने जिम्मा महिला क्लबहरुले लिएको छ । २६ वटा महिला क्लबहरुले यसको आयोजना पोखरामा गरेको छ । मुल आयोजक समितीमा २६ वटै क्लबका अध्यक्ष सदस्य, तथा महिला जोन चियरपर्सनहरु पदेन सदस्य रहेका छन् । डिस्ट्रि«कमा पिआरओ सम्म हुने महिलाहरु सल्लाहकारका रुपमा हुनुहुन्छ ।

    तयारीको क्रमलाई तिव्र वनाएका छौं । पोखरामा लायन्सको अव आउने इन्टरनेशनल प्रेसिडेण्ट आउनुभएको थियो । उहाँको सम्मानमा हामीले एउटा इनिसिएटिभ कार्यक्रम गरेका थियौं । २६ वटा क्लब र कही अन्य क्लब मिलेर त्यो कार्यक्रम गरेका थियौं । त्यो कार्यक्रम प्रभावकारी भयो । यो कुराको चर्चा इसामेमा पनि भयो । भाइस प्रेसिडेण्टले सो फोरममा पोखरामा नमुना कार्यक्रम भएको चर्चा गर्नुभयो । यसले पनि हामीलाई उत्साही बनायो । यो डिस्ट्रिक सबैभन्दा ठुलो डिस्ट्रिक पनि हो ।

    सायद छिट्टै विभाजन पनि हुन्छ । यति ठुलो कन्भेन्सन गर्ने अवसर पछि नआउन पनि सक्छ । सेवाका लािग पुरुष क्लब भन्दा महिला क्लबनै अगाडी रहेको छ । एउटा ऐतिहासिक कार्यक्रम देखाउनका लागिनै हामीले यो कार्यक्रमको आयोजना गरेका हौं । पोखरामा पहिले हुने कन्भेन्सन पनि राम्रो र फरक तरिकाले हुन्थ्यो । हामीले यो पटक पनि त्यो साखलाई कायम गर्ने गरि काम गरेका छौं । व्यवस्थापकिय दृष्टिले ३–४ हजार मानिसलाई व्यवस्थित गर्नु चानचुने कुरा होइन तर हामीले विभिन्न उपसमिती बनाएर काम गरिरहेका छौं । हरेक उपसमितीले आफ्नो काम सहि समयमा सम्पन्न गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।