• समाजसेवा भनेको निरन्तर चलिरहने प्रकृया

    April 26, 2019     11:07 pm

    निरन केसी
    अध्यक्ष
    लायन्स क्लब अफ पोखरा टुरिजम सिटी

    लायन्स क्लब भनेको मानविय सेवाका लागि स्थापित संस्था भएकाले यसमा लागेर पाउने कुरा भनेको आत्मसन्तुष्टी नै हो । लायन्समा केही वर्ष अघि सक्रिय रहेको भए पनि यो वर्ष मैले आफ्नो क्लबमा नेतृत्व गर्ने अवसर पाएँ । डिस्ट्रिकले तय गरेको दिएर बाँचौ थिममा रहेर यो वर्ष हामीले क्लब मार्फत सेवाका कामहरु सम्पन्न गर्यौं । क्लबका साथीहरुको सहयोग र साथले यो वर्ष सफल भएको अनुभुति भएको छ । गर्न बाँकी त धेरै चिजहरु छन् ।

    एक वर्षमा ती सबैकुराहरु सम्भव हुने कुरा पनि भएन । समाजसेवा भनेको निरन्तर चलिरहने प्रकृया पनि भएकाले थाँतीरहेका कामहरु आगामी वर्षमा सम्पन्न गर्ने योजना पनि रहेको छ । केही वर्ष देखि लायन्समा नेतृत्वका लागि चुनाव हुने गरेको देखिएको छ । समाजसेवामा समर्पित व्यक्ति चुनावमा होमिनुपर्ने कुरा बडो विडम्वनापुर्ण कुरा हो । राजनीतिक पार्टीको चुनावमा हुने खिचातानी र हानाथाप भोगेको हामी सके सम्म चुनाव नहोस् भन्ने पक्षमा हो । तर मिल्न नसकेपछि अन्य विकल्प पनि रहेन ।

    यसले क्लब तहमा पनि असर गरेको कुरालाई डिस्ट्रिकको नेतृत्वमा रहेका व्यक्तिले मनन गर्नु आवश्यक छ । लायन्समा लागेर गुमाउनु पर्ने केही कुरा छैन । यहाँ लागेर पाउने नै हो । मैले यहाँ लागेर देश भरिका लायन्सलाई चिन्ने मौका पाएँ । व्यवसायिक रुपमा पनि आफुलाई भविष्यमा साथ मिल्ने साथीहरुको साथ पाएँ । सबैभन्दा ठुलो कुरा सेवा गर्दा पाइने आत्मसन्तुष्टी पाएँ । यसका साथै दुरदराजका दुःख र अभावहरुसंग साक्षात्कार हुने मौका पाएँ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।