• लायन्सलाइ बलियो बनाउन कुनै पनि प्रयत्नलाई बाँकी राखेनौ

    April 26, 2019     11:02 pm

    परमेश्वर बराल
    चिफ डिस्ट्रिक पिआरओ
    लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान


    यो वर्ष हामीले हासिल गर्न खोजेको उपलब्धीहरुमा हामी सफल बनेका छन् । अघिल्लो वर्ष जुन खालको योजना र खाका तय गरिएका थिए ती सबै योजना र खाकाहरुलाई हामीले मुर्तरुप दिएर सम्पन्न गरिसकेका छौं । क्लबका कुनै पनि पदस्थापन कार्यक्रमहरु बाँकी छैनन् । सम्पुर्ण क्लबहरुको पदस्थापन कार्यक्रम सम्पन्न भइसेकेका छन् । १ सय ७० भन्दा बढि क्लबहरुको क्लब भिजिटेशन कार्यक्रम सम्पन्न भइसकेको छ । यो वर्ष हामीले लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वानमा ४० वटा नयाँ क्लब खोल्न सफल भएका छौं ।

    ५ वटा नयाँ क्लब खोल्ने प्रकृयामा पनि रहेका छौं । यो वर्ष १ हजार ८ सय ५० नया सदस्य थप भएका छन् । प्राकृतिक विपतमा पनि हामी नियमित रुपमा सहयोग गरिरहेका छौं । जस्तै पर्वतको जलजला, वारा पर्सामा आएको आँधी पिडितहरु सबैलाई हामीले सहयोग पुर्याएका छौं । स्वास्थ्यका क्षेत्रमा पनि यो वर्ष निकै उल्लेखनिय कामहरु भएका छन् । गाउँगाउँमा स्वास्थ्य सम्बन्धि सचतेना जगाउन १ सय ५० भन्दा धेरै बृहत स्वास्थ्य शिविर कार्यक्रमहरु सम्पन्न भएका छन् । यो वर्ष रक्तदान कार्यक्रम मार्फत हामीले ८ हजार पिन्ट रगत संकलन गर्न सक्यौं ।

    अपाङ्गता हाम्रो आत्मियता थिममा रहेर हामीले अपाङ्गताको क्षेत्रमा विशेष जोड दियौँ । ७ सय ५० वटा ह्विल चियर वितरण गर्यौं । लायन्स क्लब अफ पोखरा अन्नपुर्ण एउटै क्लबले मात्रै रु १ लाख ५० हजार पर्ने ५ सय वटा हेयरिङ्ग एड वितरण गर्नुभएको छ । दृष्टिविहिनका लागि १ हजार ५ सय वटा सेतो छडी वितरण भएका छन् । ४ सय वटा हेयरिङ्ग एड डिस्ट्रिकको तर्फबाट वितरण भएका छन् । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाई चरितार्थ गर्दै हामीले यो वर्षलाई विट मार्ने तरखर गरिरहेका छौं । लायन वर्ष २०१८–१९ स्वर्णिम वर्ष बनेको छ ।

    संस्थालाई बलियो बनाउन, मलजल गर्न हामीले कुनै पनि प्रयत्नलाई बाँकी राखेनौ । डिसेम्वर महिनामा महिला क्लब खोल्नेलाई हामीले प्राथमिकतामा राख्यौं । अप्रिल महिनामा सदस्यता विस्तार गर्ने क्लबले तिर्ने सदस्य शुल्क क्लबलाई नै दिएर मानवियताका कार्यमा लाग्न प्रेरित गर्ने कार्यक्रम पनि हामीले उद्घोष गर्यौ । डिस्ट्रिकले ल्याएको दिएर बाचौं, अपाङ्गता हाम्रो आत्मियता नारा सफल भएको हामीले अनुभूति गरेका छौं ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।