मेरो अवको लक्ष्य भनेको लायन्सको अन्तर्राष्ट्रिय नेतृत्व तर्फ हुनेछ
April 26, 2019 10:40 pm
ध्रुवबहादुरथापा पुर्व गर्भनर लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपाल
अहिलो लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालको सातौं महाधिवेशन पर्यटकिय नगरी पोखरामा हुदैछ । यसले अवश्य पनि पोखराको पर्यटनलाई पनि प्रवद्र्धन गर्नेछ । पोखरा भन्दा बाहिरबाट २ हजारको हाराहारीमा लायन्स साथीहरु आउदैहुनुहुन्छ । पोहोर पनि पोखरामा नै भएको थियो । अहिले पनि पोखरामा नै हुदैछ । यसले पनि पोखराको आन्तरिक पर्यटन बढावाका लागि महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने हामीले ठानेका छौं ।
हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापित लायन्समा आवद्धहुनेहरु मुलत समाजसेवाको निर्विकल्प उद्देश्य लिएका हुन्छन । आफ्नो समयबाट केही समय तथा आफ्नो कमाइबाट केही वचत रकम परोपकारी कार्यका लागि खर्च गर्नु नै यो संस्थाको उद्देश्य हो । लायन्स प्रजातान्त्रिक अभ्यासमा विश्वास गर्छ । प्रजातान्त्रिक अभ्यासमा चुनावलाई अपरिहार्य सामान्य अभ्यासका रुपमा लिइन्छ । लायन्समा हुने चुनावलाई पनि ठुलो रुपमा लिनु त हुदैन तर पनि सवै मिलेर समाजसेवा गर्नुपर्छ भन्ने संस्थामा सके सम्म मिलेर अगाडी बढ्न पाएको भए सुनमा सुगन्ध हुने थियो । एक वर्ष अगाडी पछाडी हुँदा सबैले जित्ने अवस्था बन्ने थियो ।
चुनावका कारण व्यक्तिगत पैसा पनि खर्च हुदैन थियो । खर्च गरिने पैसालाई सामाजिक सेवामा लगाउन सकिएको भए यसले समाजलाई पनि सकारात्मक सन्देश दिन्थ्यो । त्यसैले सहमती र समझदारीको बाटोबाट यसलाई निरुपण गर्नुपर्छ भनेर नै हामीले उहाँहरु संग धेरैपटक संवाद पनि गर्यौं । तर हामी सहमती गराउन असफल भइ बाध्य भएर चुनावी वाटा अँगाल्नु परेको तितो सत्य हो । लायन्सको अर्को महत्वपुर्ण पाटो भनेको फेलोसिप हो । हामी साथी कमाउन आएका हौं । चुनावका कारण कोही कसैमा तिक्तता नहोस भन्न चाहन्छु ।
लायन्सको अन्तर्राष्ट्रिय मर्यादा र छविलाई कायम राख्न आवश्यक छ । लायन्समा क्वान्टिटी भन्दा पनि बढि अव क्वालिटीमा ध्यान दिनु आवश्यक छ । मेरो योगदान मेरो जीवनभर नै लायन्स मार्फत समाजसेवामा समर्पित रहेको छ । म गभर्नर हुँदा देशमा एउटा कठिन परिस्थिती पनि सृजना भयो । भुकम्पका कारण देश थिलोथिलो भएको अवस्थामा मैले गर्भनर सम्हालेको थिएँ । त्यो परिस्थितीमा हामीले उल्लेखनिय योगदान गरेका थियौं । मेरो लागि त्यो चुनौतीको वर्ष पनि थियो । सबैको साथ र सहयोगले लायन्स समाजसेवाकै लागि हो भन्ने छाप हामीले छोडेका थियौं ।
मेरो अवको लक्ष्य भनेको लायन्सको अन्तर्राष्ट्रिय नेतृत्व तर्फ हुनेछ । अन्तर्राष्ट्रिय डाइरेक्टर हुने योजना रहेको छ । त्यो अवस्थामा पनि म सम्पुर्ण साथीहरुको साथ र सहयोग हुनेछ भन्ने विश्वास लिएको छु । मैले आज सम्म लायन्समा आफु रहेको पदबाट पाउने सेवा सुविधाहरु समाजसेवाकै लागि खर्चिएको छु । त्यतिबेला पनि मैले अन्तर्राष्ट्रिय डाइरेक्टरका रुपमा पाउने सम्पुर्ण सेवा सुविधा वापतको रकम समाजसेवाकै लागि खर्च गर्नेछु । पोखरामा हुन लागेको यो महाधिवेशनको भव्य सफलताको शुभकामना प्रकट गर्न चाहन्छु । सबैलाई मिलेर समाजसेवाका लागि पनि आग्रह गर्न चाहन्छु ।