• ४२ बर्ष मैले जे लिएँ लायनबाट अव मैले दिने बेला आएको छ – श्रेष्ठ

    April 26, 2019     10:20 pm

    लायन्स डिष्टिक्ट ३२५ वि १ को सातौ बार्षिक कन्भेन्सन यहि बैशाख १३ र १४ गते पोखराको प्रदर्शनी केन्द्रमा हुँदैछ । उक्त कन्भेन्सनमा अन्य कार्यक्रमका साथ साथै द्धितिय भाइर्स िडष्ट्रिक्ट गर्भनरको समेत चुनाव हुँदैछ । द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नर मध्ये अनुभवी र परिवक्व लायनका रुपमा आफ्नो छवी बनाउनुभएका बर्ष २०१८÷१९ का डिष्ट्रिक्ट चिफ एडभाइजर लायन धु्रव श्रेष्ठको पनि उम्मेदवारी रहेको छ । उनै लायन ध्रुव श्रेष्ठसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।


    लायनबादमा किन लाग्नुभयो ? लागेर के पाउनुभयो ?
    २१ बर्षकै यूवा उमेरमा म लायनवादमा लागेको थिएँ । तात्कालिन लियो क्लब अफ पोखरा अन्नपूर्णबाट मेरो समाजसेवाको यात्रा सुरु भएको थियो । सुरुमा नेटवर्क र फेलोसिप भनेर लागेपनि उमेर बढदै जाँदा लायनको वृहत्तर महत्व र योगदानको बारेमा थाहा पाउदै गएपछि अझ यस प्रतिको सम्मान र गरिमा बढेको हो । आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरुको मुहारमा वहाँहरुको शैक्षिक, समाजिक र स्वास्थ्यको सुधारका लागि गरेको प्रयासले उहाँहरुको अनुहारमा आएको मुस्कान नै सबैभन्दा ठूलो प्राप्ती हो । त्यसबाहेक हजारौँ मित्रहरु, लायनवादको सिंगो परिवार आफ्नो वृत्तिविकास गर्दै समाजसेवाको पनि अवसर पाएँ भन्ने लाग्छ ।


    आसन्न ७ औ डिष्टिक्ट कन्भेन्सनमा यहाँ पनि सेकेण्ड भाइस डिष्टिक्ट पदको उम्मेदवार हुनुहुन्छ । यहाँको उम्मेदवारी किन ?
    लामो समय सम्म लायन्समा रहेर मैले कमाएको र प्राप्त गरेको अनुभव अव म लायन डिष्ट्रिक्ट ३२५ वि १ लाइ थप बलियो बनाउन र थप प्रभावकारी पद्धतीबाट यसलाई सञ्चालन गर्ने उद्देश्यले नेतृत्वका लागी इच्छुक भएको हुँ । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने लायन्सको नारा अनुरुप संख्यात्मक भन्दा पनि गुणात्मक र लोकप्रिय भन्दा पनि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरी विश्वमा फैलिरहेको लायनवाद मार्फत धेरैको जिवनस्तरमा परिवर्तन आउन सकोस भन्ने मुल ध्येय नै मेरो उम्मेदवारीमा छ ।

    ४२ बर्ष मैले जे लिएँ लायनबाट अव मैले दिने बेला आएको । मेरो अनुभव म सँगै सकिनु हुँदैन । नयाँ क्लब र नयाँ लायन मित्रहरुका लागी प्रयोग हुनुपर्छ । लायन्स क्लबमा लागेकोे ८ बर्षमा गर्भनर बनेको इतिहाँस छ । म ४२ बर्षमा आउँदा कसरी होड हुन्छ ? यो त पुरै विधिसम्म, प्रक्रिया र पूर्ण धैर्यता कायम गरेर आएको हुँ ।


    यहाँको योजना अलि विस्तारमा भन्दिनुसन न ।
    द्धितिय भाइस डिष्ट्रिक्ट गर्भनर भनेको गर्भनरको सहयोगी मात्रै हो । त्यसैले द्धितिय भाइस डिष्ट्रिक्ट गर्भनर हुँदा म गर्भनरसाबको सबै काममा उत्तिकै सहयोगीको भुमिका खेल्नेछु । नयाँ क्लबहरुलाइ दिशानिर्देश गरेर थप बलियो बनाउने छु । त्यसपश्चात मेरो गर्भनरको यात्रामा म सबैभन्दा पहिलो प्राथमिकता डिष्ट्रिक्ट बाइफर्गेसनलाई दिनेछु । ३२५ वि १ अब ठूलो परिवार भैसक्यो । नेपालीमा उखान छ, केरा र छोरा जत्ति छुुट्यायो उत्ति फैलन्छन । त्यसैले यसको बाइफर्गेसन आवश्यक छ ।
    देशको राष्ट्रपति महिला, सभामुख महिला र आउँदो गर्भनरसाब पनि महिला भएको समयमा लायनमा भने तेतीस प्रतिशत पनि महिला सदस्यहरु हुनुहुन्न । त्यसैले उमन मेम्बरसिप इयरका रुपमा घोषणा गरे महिलाहरुलाइ लायनमा र समग्रमा नेतृत्व तहमा सबल बनाउने लक्ष्य लिएको छु ।
    मेरो होम क्लब लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा रहेर लायन्समा विदेशी ग्रयान्ट र सहयोगमा दर्जनौ परियोजना ल्याएको अनुभव छ। त्यसैले त्यही अनुभव र मित्रहरुसँगको सहकार्यमा इन्टरनेसनल ग्रयान्टका लागी पहल गरी एक क्लब एक प्रोजेक्टलाई जोड दिनेछु । साथै लामो अवधिका परियोजना र टुक्रे भन्दा पनि समग्र रुपमा शिक्षा, स्वास्थ्य र खानेपानीका ठूला परियोजना क्लबहरुमार्फत गर्ने लक्ष्य लिएको छु ।
    डिष्ट्रिक्टमा यदाकदा देखिने तिक्तता र असमझदारीलाई निर्मुल पार्दै स्वस्थ्य र बलियो लायन डिष्ट्रिक्टका रुपमा विकास गर्ने लक्ष्य समेत लिएको छु । त्यो बाहेक यूवा मित्रहरुलाइ लक्षित गरी इन्टरनेशनल एक्सचेन्ज कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम र अन्य थुप्रै योजनाहरु लिएको छु ।

    डिष्ट्रिक्टको सदभाव र पोखरेली एकता नखल्बलियोस भनेर मैले सहमतीका लागि हदैसम्मको लचकता अपनाएको हुँ । यहाँसम्म कि जिम्मेवार पूर्व गर्भनर साबहरुसमझ पनि मैले डिष्ट्रिक्टको हार्मेनीका लागि यहाँहरुको निर्णय अन्तिम हुनेछ भनेको थिए । तर पूर्व गर्भनर साबहरुले कुनै निर्णय दिन नसक्नु भएपछि मेरो पूर्व योजना र तयारीका साथ मैले उम्मेदवारी दिएको हुँ ।


    सामजिक संस्थाहरुमा नेतृत्वका लागी पनि किन यस्तो होड भएको होला ? मिलेर जानुपर्ने होइन र ?
    यहाँलाइ स्पष्ट बनाउँ । विगत ७ बर्ष देखी गर्भनर बन्नुभएका पूर्व गर्भनरसाब हरुलाई राम्ररी थाहा छ ध्रुब श्रेष्ठ नेतृत्वका लागी आउनुहुन्छ भने हामी छोडेर उहाँलाई अगाडी बढाउँछौ भन्ने उदघोष गर्दा पनि मैले उहाँहरुलाई नेतृत्वका लागि अनुरोध गरेको हुँ । अहिले सही समय, सही बेला र डिष्ट्रिक्टको आवश्यकता समेतलाइ मध्यनजर गर्दै मैले द्धितिय भाइस गर्भनरका लागी उम्मेदवारी दिएको हुँ । म चुनौतिसँग सामाना गर्ने रहर गर्ने व्यक्ति हुँ । डिष्ट्रिक्ट बाइफर्गेसन गर्नुपर्ने टड्कारो आवश्यकता छ र त्यो अत्यन्तै चुनौतिपूर्ण काम हो । यो र यस्तैे चुनौतिपूर्ण कामका लागी लायन मित्रहरुले योग्य र अनुभवीलाइ अगाडी बढाउनुपर्छ भनेकैले म अगाडी बढेको हुँ ।
    व्यक्तिगत रुपमा केही फाइदा छैन । ४२ बर्ष मैले जे लिएँ लायनबाट अव मैले दिने बेला आएको । मेरो अनुभव म सँगै सकिनु हुँदैन । नयाँ क्लब र नयाँ लायन मित्रहरुका लागी प्रयोग हुनुपर्छ । लायन्स क्लबमा लागेकोे ८ बर्षमा गर्भनर बनेको इतिहाँस छ । म ४२ बर्षमा आउँदा कसरी होड हुन्छ ? यो त पुरै विधिसम्म, प्रक्रिया र पूर्ण धैर्यता कायम गरेर आएको हुँ ।
    डिष्ट्रिक्टको सदभाव र पोखरेली एकता नखल्बलियोस भनेर मैले सहमतीका लागि हदैसम्मको लचकता अपनाएको हुँ । यहाँसम्म कि जिम्मेवार पूर्व गर्भनर साबहरुसमझ पनि मैले डिष्ट्रिक्टको हार्मेनीका लागि यहाँहरुको निर्णय अन्तिम हुनेछ भनेको थिए । तर पूर्व गर्भनर साबहरुले कुनै निर्णय दिन नसक्नु भएपछि मेरो पूर्व योजना र तयारीका साथ मैले उम्मेदवारी दिएको हुँ ।
    सदभाव र हार्मेनीको कुरा गर्नुहुन्छ । हार्मेनी कायम गर्न तपाइले यो पाली योगदान दिए हुन्न ?
    मैले अगिनै भनिसके । सहमतीको प्रयासमा अन्तिम सम्म हदैसम्म प्रयासरत थिए । ४२ बर्षको लायनको यात्रामा नेतृत्वको अवसर प्राप्त नभएको होइन । आफु काम गरेको क्लब दह्रो बनाउँ भनेर लायन्स क्लब अफ पोखरा अन्नपूर्णलाई डिष्ट्रिक्टकै बलियो क्लबका रुपमा स्थापित गरयौँ । होम क्लबको कार्यअनुभव, राष्ट्रिय र अन्तराष्ट्रिय कार्यक्रमको अनुभव र कार्य क्षमता अनि ४२औ बर्षको सेवाभाव लाइ आत्मसाथ गर्दै यदि म भन्दा उपयुक्त पात्र कोही आउँछ भने अहिले पनि छोडदिन्छु । तपाइलाई स्पष्ट पारौैँ । म कसैसँगको प्रतिष्पर्धामै छैन । त्यसमाथि म यस बर्षको डिष्ट्रिक्ट चिफ एडभाइजर हुँ र प्रक्रिया र नजिर हेर्ने हो भने म द्धितिय भाइस डिष्ट्रिक्ट गर्भनरको निर्विरोध उम्मेदवार हुँ ।
    तपाइको जित्ने आधार के हो ?
    मेरो उम्मेदवारी लहडका भरमा आएको होइन । उम्मेदवारी दिनुभन्दा पहिला सबै तह र तप्काका लायन मित्रहरुसँग परामर्श मार्फत आएको हुँ । सबैको उत्सहाजनक अनुमति नपाएको भए आउँदिनथे ।
    भविष्य त्यसैको सुन्श्चिीत हुन्छ जस्को विगत भरोसालाग्दो हुन्छ । मेरो अनुभव, कार्यक्षमता, क्लब र डिष्ट्रिक्ट तहमा साथै अन्तराष्ट्रिय स्तरका काममा पनि मैले नेतृत्व गरिहँदा गरेका कामको फेहरीस्त पढेर र बुझेर नै लायन मित्रहरुले मलाई विश्वास गर्नुहुन्छ भन्ने कुरामा ढुक्क छु । त्यसमाथि मैले आफ्नो योजनाहरु सार्वजनिक गरिसकेको छु । ति योजनाहरु हावामा बनाइएका महल होइनन बरु व्यवहारिक र समयसापेक्ष लायनवादलाई थप उचाँइमा डोरयाउने कडि भएकाले पनि मित्रहरुले मलाई जिताउनुहुनेछ भन्ने विश्वस छ । विद्धान लायन मित्रहरुको निर्णय क्षमतामा म यति आश्वस्त छु कि तामझाम रवाफ र झुटको कालो बादल फाटेर मित्रहरु मेरालागी उभिनुहुने कुरामा मलाई शंकै छैन ।


    यूवा उमेर हो कि एटिट्युड हो ? महाथिर मोहम्मदले ९३ बर्षको उमेरमा सुस्त मलेशियालाई चुस्त मलेसिया बनाएका छन् । तपाइ ६३ बर्षको क्रियाशिल लायनलाई यूवा कि बृद्ध कसरी भन्नुहुन्छ । हेर्नुस त ९६ बर्षको उमेरमा शताब्दी पुरुष सत्यमोहन जोशीको जोश र काम । उहाँ पो युवा त । उमेरले होइन कर्म र सक्रियताले यूवा हुने जमाना हो यो ।


    तपाइ विचमा हराउनुभयो भन्ने आरोप छ ।
    लायन अन्तराष्ट्रिय संस्था भएकाले यसको विधि प्रक्रिया र अन्य क्लबहरुसँग नेटवर्क कायम राख्न पनि विदेश भ्रमण गरिरहनुपर्ने हुन्छ । अब नियमित रुपमा गरिने विदेश भ्रमण, पारिवारीक भ्रमण र अन्य कामकाजका दौरान केही बर्ष गरेर म एक दुइ महिना विदेश रहनुलाई हराएको भनेर भन्न मिल्ला र ? प्रत्येक बर्षका डिष्ट्रिक्टका कार्यक्रम विभिन्न क्लबका कार्यक्रम र अन्य कार्यक्रममा मेरो उपस्थीति उत्तिकै छ । लायनवाद नशा नशामा बोकेर हिँडेको मान्छे कसरी लायनबाद बाट टाढा जान र हराउन सक्छ ? त्यसैले हराएको भन्ने कुरा आरोप मात्रै हो ।


    राजनितीमा पनि प्रौढले अड्डा जमाए र समाजीक संस्थाहरुमा पनि यूवालाइ अवसर दिइदैन भन्ने गुनासो छ नि ।
    यूवा उमेर हो कि एटिट्युड हो ? महाथिर मोहम्मदले ९३ बर्षको उमेरमा सुस्त मलेशियालाई चुस्त मलेसिया बनाएका छन् । तपाइ ६३ बर्षको क्रियाशिल लायनलाई यूवा कि बृद्ध कसरी भन्नुहुन्छ । हेर्नुस त ९६ बर्षको उमेरमा शताब्दी पुरुष सत्यमोहन जोशीको जोश र काम । उहाँ पो युवा त । उमेरले होइन कर्म र सक्रियताले यूवा हुने जमाना हो यो । यूवा हुँ भन्नु र साँच्चै युवा हुनु फरक फरक कुरा हो । युवा उमेरमा हेर्न छोडौ कर्ममा दाँजौँ । त्यसैले धु्रव श्रेष्ठ उत्तिकै यूवा हो जति एकजना १६ बर्ष लियो मित्र हुनुहुन्छ। त्यसैले धु्रव श्रेष्ठको उम्मेदवारी यूवा उम्मेदवारी नै हो भन्ने कुरामा यहाँलाई आश्वस्त तुल्याउन चाहान्छु ।

    सामाजिक संघसंस्थाहरु आजकल उपलब्धी कम तामझाम बढता गर्छन भनिन्छ नि । साँच्चै त्यस्तो हो ?
    तपाइको यो गम्भीर आरोपको एकदमै छोटो उत्तर छ म सँग । मेरो होम क्लब लायन्स क्लब अफ पोखरा अन्नपूर्णले ३२ बर्षमा कास्की, लमजुङ, तनहुँ , स्याङजा , पर्वत , बाग्लुङ, बेनी, जोमसोम, नारच्याङ, गोरखा, धादिङ, रसुवा, चितवनमा फैलिएर
    १७ विद्यालय, १९ खानेपानी परियोजना फर्निचर हस्तान्तरण, पुस्तकालय स्थापना, सराङकोट हस्तकला तालिम, सराङकोट फोरडेज रेष्टुरेन्ट, लायन्स सर्भिस सेन्टर , नियमित स्वास्थ्य शिविर गरेर १० करोड रुपैयाँ भन्दा बढीको सेवा गरिसकेको छ । डिष्ट्रिक्ट ३२५ वि १ को एउटा क्लबले यति काम गरेको छ भने अब सोच्नुस ३८६ वटा क्लब भएकोे पुरै डिष्ट्रिक्ट ३२५ वि १ ले कति काम गरयो होला र अझ नेपालमा भएका लायनका ४ वटा डिष्ट्रिक्टले कति काम सम्पन्न गरे होलान ? त्यसैले यि र यस्ता आरोपहरु निराधार हल्ला मात्रै हुन ।


    सामाजिक संजालमा कम उपस्थिती छ तपाइको । किन ?
    म्याग्दीको नारच्याङमा हेल्थपोष्ट बनाउनका लागि होस वा ठाउँठाउँमा विद्यालय भवन बनाउन रात दिन नभनी काम गर्दा मैले यो सोचिन कि फेसबुकमा पोष्ट गर्नलाई फोटो खिच्नुपर्छ । ट्वीटर वा इन्स्टाग्राममा काम गरेको फोटो हाल्नुपर्छ । त्यहाँबाट लाइभ पनि गरिन । इसामे फोरम जस्तो मल्टी डिष्ट्रिक्ट इभेन्टमा मुख्य व्यवस्थापक भएर काम गर्दै गर्दा मैले कहिल्यै फोटोलाइ प्राथमिकतामा राखिन । तपाइ सामजिक सेवामा जाँदा क्यामेरा घर छोडेर जानुस भन्ने एउटा भनाइले म अत्यन्तै प्रभावित छु । त्यसैले सामजिक संजालमा मेरो उपस्थीति कम होइन आवश्यक मात्रामा मात्रै छ ।

    विजयी हुनेमा कत्तिको आश्वस्त हुनुहुन्छ ?
    क्रिम अफ द सोसाइटि अथवा विवेकशील अगुवाहरुको संस्था भएकाले कर्म र सेवाभावमा विश्वास गर्ने मित्रहरुले न्यायको पक्षमा, पद्धतिको पक्षमा, कामको पक्षमा र अनुभवको पक्षमा उभिदै मलाई जिताउनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वस्त छु ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।