• लायन्स महाधिवेशनले गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक भ्रमण वर्षलाई टेवा

    April 26, 2019     10:06 pm


    विमला श्रेष्ठ
    संयोजक
    सातौं महाधिवेशन
    लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपाल

    लायन्सको यो महाधिवेशन पोखरामा आयोजना गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो । हामीले केही महिना देखि नै यसको लागि आन्तरिक तयारी हरु गरिरहेका थियौं । यो क्षेत्रमा रहेको २६ वटा महिला लायन्स क्लबको व्यवस्थापनमा हामीले यो कार्यक्रमलाई सम्पन्न गर्न लागिरहेका छौं ।

    महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिती पनि हामीले निर्माण गरेका छौं जसमा क्लबका अध्यक्षहरुलाई नै हामीले संयोजको जिम्मेवारी तोकेका छौं । जोन चियर पर्सनहरुलाई पनि हामीले उपसमितीको संयोजकको जिम्मेवारी दिएका छौं । सबै किसिमको तयारी पुरा भइसकेको छ ।

    रजिस्ट्रेसनका कामहरु पनि सकिएको छ । यो महाधिवेशनमा देशभरबाट ४ हजार जना सहभागि रहने अनुमान गरेका छौं । पोखरामा आयोजना गरिएकोले पोखरा बाहिरबाट आउने लायन्स साथीहरु परिवार सहित आउने अपेक्षा पनि हामीले गरेका छौं । रजिस्ट्रेसन शुल्कबाट नै यो महाधिवेशनको खर्च धान्ने योजना रहेको छ ।

    पोखराको पर्यटन प्रवद्र्धनका लागि यो महाधिवेशन सहायक सिद्ध हुनेछ । गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक भ्रमण वर्षलाई पनि यसले टेवा पुर्याउने छ भन्ने हामीले विश्वास लिएका छौं । दुइ दिनको कार्यक्रम रहने छ । महाधिवेशन सम्पन्न गर्नका लागि सचिवालाय व्यवस्थापन उपसमिती, हल व्यवस्थापन, अर्थ संकलन उपसिमती, स्टेज व्यवस्थापन, खानेपानी व्यवस्थापन, रजिस्ट्रेसन उपसमिती, परेड व्यवस्थापन, झाँकी व्यवस्थापन, स्टेज सजावट व्यवस्थापन लगायत उपसमिती मार्फत कार्यक्रमलाई व्यवस्थित बनाउने प्रयास गरेका छौं ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।