• लायन्सपनि समाजको एउटा अभिन्न अङग

    April 26, 2019     9:52 pm


    मनबहादुर रोका
    द्धितिय भाइस गर्भनर
    लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान



    लायन्समा लागेपछि नेतृत्व लिने हिसावले काम गरेको होइन तर निरन्तर रुपमा काम गर्ने शिलशिलामा लिडरसिप गर्दै अघि वढने इच्छा स्वभाविक रुपमै आफै आउदो रहेछ । लिडरसिपमा आउनका लागि एउटै कार्यकालमा तीन वटा क्लव खोलियो । त्यही वर्ष इन्टरनेशनल प्रेसिडेन्टल मेडलबाट पनि रिवाड भइयो । ३२५ वि वानको लाइनाफ इयर वान पनि भएँ । फेरी २०१२ दिपक श्रेष्ठकाे पालामा रिजन चियर पर्सन भएँ।

    काम राम्रो सँग खटिएर गरेको हुदाँ रिजन अफ दि इयर हुने अवसर प्राप्त भयो । यसले गर्दा विस्तारै लिडर सिपमा आउने चाहना बढ्दै गयो । आफु खटिरहँदा साथीहरुको साथ र माया सँगै लिडरसिप गर्नुपर्छ । अगाडी बड्नुपर्छ भन्ने सन्देशले पनि थप उत्साहित गरेको छ । सेकेन्ड भिडिजि भइरहँदा यो वर्ष निकै राम्रो भयो । दिएर बाचौँ भन्ने नारा अन्तर्गत अपाङगताको क्षेत्रमा साच्चै उदाहरणिय भुमिका खेलेको छ । आम नागरिकमा लायन्सले पनि केही गर्छ वा लायन्सपनि समाजको एउटा अभिन्न अङगको रुपमा बुभेका रहेछन् । जसवाट हामी अत्यन्तै खुशि छौँ । जसले आगामी दिनहरुमा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको छ ।

    लायन्स अन्तराष्ट्रिय रुपमा विशुद्र सेवाको भावना लिएर आउने थलो हो । हामीले कसैलाई लाखापाखा बनाउने हिसावले काम गरेका छैनौँ । जहाँ एउटा समन्वयकारी भुमिका खेल्ने र क्लवले वर्षभरी के कस्ता कार्यक्रमहरु तर्जुमा गरेर लैजाने र ती कार्यहरु कार्यन्वयन भए वा भएनन् भनी दिशानिर्देश गर्ने सक्षम लिडर आउनुपर्छ भन्ने हाम्रो ध्येय हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।