• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कति धनी ? सार्वजनिक भयो सम्पति विवरण

    April 26, 2019     9:07 pm

    पोखरा १३ बैशाख ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उत्तरप्रदेश राज्यको वणारसबाट लोकसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेका छन् । उम्मेद्वारी दर्तासँगै उनले आफ्नो सम्पति विवरण समेत सार्वजनिक गरेका छन् ।

    भारतीय सञ्चारमाध्यामहरुका अनुसार प्रधानमन्त्री मोदीको पछिल्लो ५ वर्षयता ५० प्रतिशतले सम्पत्ति बृद्धि भएको देखिएको छ । प्रधानमन्त्री मोदीको घरको मूल्यमा १० लाख रुपैयाँ बृद्धि भएको देखिएको छ भने उनले आफुसँग भएका ४ वटा सुनका औंठीहरु समेत सम्पतीको रुपमा सार्वजनिक गरेका छन् ।

    यस्तो छ प्रधानमन्त्री मोदीको सम्पति

    प्रधानमन्त्री मोदीको कूल चल–अचल सम्पति २ करोड ५१ लाख ३६ हजार १ सय १९ रुपैयाँ देखिएका छन् । जबकि सन् २०१४ मा उनको सम्पति १ करोड ६५ लाख ९१ हजार ५ सय ८२ रुपैयाँ थियो । प्रधानमन्त्री मोदीको गुँजरात राज्यको गान्धीनगरस्थित घरको मूल्य सन् २०१४ मा १ करोड मूल्याँकन भएको थियो भने अहिलेको सम्पति विवरणमा १ करोड १० लाख रुपैयाँ देखिएको छ ।

    मोदीले लगाउने गरेका ४ वटा सुनका औंठीको मूल्य १ लाख १३ हजार ८ सय रुपैयाँ सम्पति विवरणमा उल्लेख छ । यी औंठीको मूल्य सन् २०१४ मा १ लाख ३५ हजार उल्लेख थियो । औंठीको मूल्यमा २१ हजार घटेको देखिएको छ ।

    मोदीको गान्धीनगरस्थित एसबीआई बैंकको खातामा ४ हजार, १ सय ४३, एफडीमा १ करोड, २७ लाख ८१ हजार, ५ सय ७४, एनएससीमा ७ लाख ६१ हजार, ४ सय ६६ रुपैयाँ र एलआइसीमा १ लाख ९० हजार ३ सय ४७ रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

    विवाहित रहेका भनिएपनि पारिवारिक रुपमा श्रीमतीसँगै नबसेका मोदीलाई व्यक्तिगत रुपमा सोखिन नेता मानिने गरिएको छ । उनले लगाउने सुट र चश्माको समेत संसारभर बहस हुने गरेको छ । तर त्यसको मूल्य भने समावेश गरिएको छैन ।

    प्रधानमन्त्री मोदीले उत्तरप्रदेशस्थित वणारसबाट लोकसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन् । सो निर्वाचन क्षेत्रमा मे १९मा निर्वाचन हुँदैछ । भारतमा अहिले ५४३ लोकसभा सिटका लागि निर्वाचन जारी छ । ७ चरणमा हुने सो निर्वाचनाको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुँदैछ। एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।