• पोखरा फुडल्याण्ड सञ्चालन सय रुपैयामा स्वादिष्ट खाना पाईन्छ

    April 26, 2019     7:47 pm

    पोखरा १३ बैशाख ।
    पोखरा ! झट्ट सुन्दा ब्राण्डिङ नाम अनि झल्यास्स याद आउने त्यो महङ्गी पनि ।

    पर्यटकिय दृष्टिकोणले केन्द्र मानिने सुन्दरनगरी पोखरा तुलनात्मक रुपमा महङ्गो ठाउँ मानिन्छ । हरेक ब्यक्ति दैनिक दुई छाक गर्जाे टार्नका लागि दौडधुप गरिरहेको ब्यस्त पोखरा शहरमा जस्ताले छाईएको देखी तिन तारे होटल सम्म छन् ।

    होटलको स्तर अनुसारका स्वाद, सेवा तथा सुबिधा अनि उस्तै चर्काे मुल्य । यिनै कुराहरुलाई मध्यनजरमा राखेर युवा ब्यवसायी सोनु लिम्बुले पोखरा महानगरपालिका –९ न्युरोडमा (ट्रेडमल पछाडी) “पोखरा फुडल्याण्ड” सञ्चालनमा ल्याएकी छिन् ।

    लिम्बुले पोखरामा ब्राण्ड बनेको थकाली खानाका भन्दा स्वादमा कम नभएको दाबी गर्दै सस्तो मुल्यमा सेवा दिने उद्देश्य सहित पोखरा फुडल्याण्ड सञ्चालनमा जानकारी दिईन् । प्रायजसो अफिसमा काम गर्ने र ब्यस्त जिपनयापन गर्नेहरुलाई मध्यनजर गरेर उक्त फुडल्याण्ड सञ्चालनमा ल्याईएको लिम्बुले बताए ।

    कहिलेकाँही समय अभाव भएको खण्डमा समयको सदुपयोग गर्ने जोकोहीलाई हामीले सेवा दिने प्रयत्न गरेका छौं, उनले भनीन् – ‘एक्लै बस्दा खाना बनाई राख्न पनि गाह्रो हुनेहरुलाई लक्षित गरेर फुडल्यान्ड खोलेका हौं ।’ फुडल्याण्डमा चिकेन र भेज खाना मात्रै उपलब्ध हुने लिम्बुले बताईन् ।

    उनका अनुसार सिङ्गल भेज खानालाई १ सय १० रुपैयाँ र दुईवटा भेज खाना २ सय रुपैयाँमा उपलब्ध हुनेछ भने मासिक रुपमा भेज खाना खादा ६ हजार र नन भेज खानका लागि १२ हजार पर्नेमा ५ सय रुपैयाँ डिस्काउन्ट गरि ११ हजार ५ सय पर्नेछ ।

    ‘मासिक भेज खाना खादा पर सटर्डे नन भेज खाना पाउँछ,’ उनले भने, ‘पर सर्टर्डे बोइल एग पनि दिने ब्यवस्था गरेका छौं ।’ भेज सँगै चिकन खाना समेत उपलब्ध हुने बताउदै उनले सिङ्गल खानालाई २ सय १० र डबल चिकेन खानालाई ४ सय निर्धारण गरेको जानकारी दिईन् । पोखरामा बढ्दो महङ्गीलाई चुनौति दिदै मुख्य भन्दा बढि गुणस्तरिय तथा स्वादिष्ट खानको साथमा सेवा सुबिधा दिने युवा ब्यबसायी लिम्बुले बताईन् ।

    उनका अनुसार फुडल्यान्डलाईं सन् २०३० सम्ममा देशभरका शहरमा बिस्तार गर्ने लक्ष्य रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।