• नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको अध्यक्षमा एकराज गिरी

    March 9, 2019     6:24 pm

    पोखरेली न्युज /
    पोखरा, २५ फागुन । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
    गिरीले प्रतिष्पर्धी दिननाथ बराललाई १ मतले पराजित गरे । गिरीको पक्षमा २४ मत आयो भने बराललाई २३ जनाले मत दिए । एक मतपत्रमा दुवैलाई मत नदिएकाले बदर हुन पुगेको निर्वाचन समितिले जनाएको छ । कूल ५१ जना सदस्य रहेको मञ्चमा तीन जना अनुपस्थित थिए । गिरी पूर्व सचिव हुन् भने बराल निवर्तमान उपाध्यक्ष हुन् । अन्य पदाधिकारी र सदस्य निर्विरोध चुनिए ।

    गण्डक न्यूजका सम्पादक रञ्जन अधिकारी उपाध्यक्ष पदमा सर्वसम्मत भए । अधिकारी बिग एफएमका स्टेशन म्यानेजर पनि हुन् । अधिकारी कोषाध्यक्ष, सचिव, महासचिव हुँदै उपाध्यक्षमा चुनिए । निवर्तमान कोषाध्यक्ष विजय नेपाल महासचिव, राजाराम पौडेल सचिव, शशी पौडेल कोषाध्यक्ष निर्विरोध चुनिए । तीन वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा खुल्लातर्फ उमेश पुन, नारायण शाही र रोशन अधिकारी, दलिततर्फ शुशिल नेपाली, महिलातर्फ कविता घर्ती मगर, आदिवासी जनजातितर्फ गीता रानामगर रहेका छ्न।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।