• पोखरा १३ मा ट्राफिक लाइट र दृष्टीविहीनमैत्री बाटो

    April 23, 2019     10:08 pm

    पोखरा, १० बैशाख ।
    पोखरा महानगरपालिका वडा नम्बर १३ मा पहिलो पटक ट्राफिक लाइट र दृष्टीविहीन मैत्री बाटो निर्माण गरिएको छ । वडा नम्बर १३ मा अवस्थित विद्यार्थीको चाप रहेको भद्रकाली स्कुल अगाडी राखिएको ट्राफिक लाइट र भद्रकालीबाटै वडा सम्म पुग्ने गरी निर्माण गरिएको दृष्टीविहीन मैत्री बाटोको मंगलवार उद्घाटन गरिएको छ ।


    ट्राफिक लाइट र दृष्टीविहीन मैत्री बाटोको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मान बहादुर जिसीले वडा नम्बर १३ मा राखिएको ट्राफिक लाईट महानगरको नमुना भएको वताउदै महानगरले एक वर्ष भित्रमा पोखराका मुख्य मुख्य चोकहरु १० ठाउमा ट्राफिक लाईट र अवस्था हेरी दृष्टीविहीन मैत्री बाटो निर्माण गर्ने वताए ।

    भद्रकाली स्कुलमा राखिएको ट्राफिक लाइट स्वचालित नभइ पोलमा राखिएका स्वीचलाई प्रयोग गरी विद्यार्थीहरुले आफै लाइटको प्रयोग गर्न सक्नेछन । विद्यालयमा अत्याधिक विद्यार्थीको चाप भएकाले भइपरी आइपर्ने दुर्घटनालाई मध्येनजर गरी भद्रकाली स्कुलमा सोलार प्रविधीबाट चल्ने १ लाख ६३ हजार रुपैयाको लागतमा ट्राफिक लाईट निर्माण गरिएको पोखरा १३ का अध्यक्ष दर्शन लामाले वताए ।

    ट्राफिक लाइट विद्यार्थीले वारपार गर्दा बटन थिचे रातो बत्ती बल्ने र उनीहरुले बाटो काटिसकेपछि निश्चित समयपछि आफैं बन्द भइ हरियो बल्नेछ । भद्रकाली स्कुलमा नमुनाको रुपमा बनाइएको र यसपछि बेसलाईन स्कुलमा विद्यार्थीको चाप रहेकाले त्यहा बनाउने योजना वडाको रहेको छ ।

    महानगरमा पहिलो पटक निर्माण गरिएको दृष्टीविहीनमैत्री बाटो पोखरामानै नमुना बाटो भएको आन्तरिक राजश्व कार्यालय पोखरामा कार्यरत कर अधिकृत बिजय लामिछानेले वताए । दृष्टी क्षमता कम भइ सेतो छडी प्रयोग गर्ने आफुजस्ता साथीहरुलाई सेतो छडीको माध्यामबाट सडकमा हिड्न दृष्टीबिहीन मैत्रीबाटोले निकै सहज हुने लामिछानेले वताए ।

    भद्रकाली स्कुल देखी वडा कार्यालय सम्म ३ सय मिटरमा रहेको दृष्टिविहीनमैत्री बाटो निर्माणका लागी ८ लाख ५५ हजार रुपैयामा निर्माण सम्पन्न भएको उक्त बाटोले सर्वसाधारण र अपांगहरु सहजै हिड्न सक्ने अध्यक्ष लामाले वताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।