• रसुवाबाट ७ किलो सुन बरामद

    April 23, 2019     8:38 pm

    बैशाख १० । रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एक जना पक्राउ परेका छन् । चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकमा ७ किलो सुन फेला परेको हो ।

    ना ६ ख ९०६८ नम्बरको ट्रकमा लुकाईछिपाई सुन ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो सुन फेला परेको हो ।

    प्रहरी स्रोतका अनुसार सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घले पक्राउ परेका छन् ।

    टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागि प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

    पछिल्लो समय अर्जुन भण्डारी रसुवाको सीडीओ र सन्तोष तामाङ प्रहरी प्रमुख भएर गएपछि सीमा क्षेत्रमा शंका लागेको सवारी साधनमाथि चेकजाँचमा कडाई गरिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।