• नेपाल औषधी व्यवसायी संघमा पुनःमृगेन्द्र मेहर गण्डकी शाखाका यमनाथ र टंक सचिव र सदस्यमा निर्विरोध निर्वाचित

    April 22, 2019     9:13 pm

    पोखरा, ९ बैशाख । नेपाल औषधी व्यवसायी संघको १३ औ राष्ट्रिय अधिवेशनबाट अगा्मी ३ वर्षको लागिमृगेन्द्र मेयर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई ४० मतको अन्तरले पछि पारेका हुन । उनले १ सय ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लोकहरि श्रेष्ठले १ सय १ मत मात्र प्राप्त गरेका थिए ।


    समितिको उपाध्यक्ष (आयात) निरन्जन रिसाल,उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) राम प्रसाद खरेल,महासचिव रामचन्द्र शर्मा,कोषाध्यक्ष सम्राट मान जोशी र उप—कोषाध्यक्षमाश्रीधर खनाल निर्वाचित भएका छन ।


    यस्तै सदस्य(आयात) सिर्जन कुमार भट्टराई,सदस्य (थोक) प्रमान्द रावत,गया प्रसाद कुिस्म,सदस्य महिला शर्मिला शाक्य,सदस्य (खुल्ला) कृष्ण रोकाय,प्रकाश कुमार श्रेष्ठ,कविराज कडेल र मुकुन्द कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशनले यमनाथ पौडेललाई सचिव, टंक प्रसाद अधिकारी र ललिता नन्द जोशीलाई सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो ।


    अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले संघलाई व्यवस्थित गर्दे लैजाने र औषधी विक्रवितरण साहायक व्यवसायी तालिमको व्यवस्था गर्ने बताएका छन् ।
    कार्यक्रममा व्यवसायीहरुले राज्यको निति नियमहरु व्यवसायीहरुको हितमा नभएकोलेपरिमार्जित गर्नु पर्ने सुझाएका छन् ।


    नेपाल औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले उद्धघाटन कार्यक्रममा बोल्दै २१ हजार सदस्य भएको संस्थाले तालिम गर्न नदिए आन्दोलन गर्छौ भन्नु जायज हुन्छ र ?तपाईहरु तालिम गर्नुस हामी आवश्यक परेको सहयोग गछौ । उनले भने ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।