• पोखरामा भीषण आगलागी, क्लव ९९ जलेर नष्ट आगो नियन्त्रणमा आउन सकेको छैन

    March 8, 2019     10:53 pm

    पोखरा, फागुन २४ ।
    पोखराको हल्लनचोक स्थित क्लब ९९ मा आगलागी भएको छ । केहि समय अघि (शुक्रबार राति ९ बजेपछि) देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो ।

    सिलिण्डर पड्किएपछि फैलिएको आगो माथिल्लो तल्लामा रहेको क्लब ९९ मा फैलिएको छ । अहिले दनदनी आगो बलिरहेको छ । एउटा दमकल पुगेर आगो निभाउन प्रयास गरेपनि पर्याप्त भएन । सो दमकल यतिबेला पानी लिन फर्किएको छ । बर्गर क्याफे माथि प्लाइउड रहेकाले पनि आगो फैलिन मद्धत पुगेको र माथिल्लो तल्ला पूर्ण रुपमा क्षति पुगेको छ ।

    घटनास्थलमा प्रहरी स्थानीय छन् । आगो निभाउन सकिरहेको अवस्था छैन । स्रोत डि एन एक्षतिको अवस्था थाहा हुन सकेको छैन । स्थानीय त्रासमा छैन । आगो फैलन सक्ने खतरा छ । थप विवरण आउन बाँकी ।स्रोत डि एन ए

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।