• बेगनास बिकास मंच पोखराको शुभकामना आदानप्रदान

    April 21, 2019     8:40 pm

    पोखरा, ८ बैशाख ।
    बेगनास बिकास मंच पोखराले शुभकामना आदानप्रदान एवं रमाइलो भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।शनिबार मंचले नयाँ बर्ष २०७६ को अबसर पारेर शुभकामना आदानप्रदान एवं रमाइलो भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

    मंचका अध्यक्ष शुक्रराज कडेलको अध्यक्षतामा सप्पन्न कार्यक्रममा मंचका सल्लाहकार एवं प्राध्यापक बिश्वराज अधिकारी, सामाजिक अभियान्ता इन्दिरा शर्मा, समाजसेवी रामचन्द्र अधिकारी , संस्थापक चन्द बहादुर सुवेदी, मंचका कोषाध्यक्ष शिबराज अधिकारी लगायतले बोलेका थिए ।

    मंचका उपाध्यक्ष सिताराम कडेलले स्वागत गरेको कार्यक्रम मंचका सहसचिव बिकास कडेलले संचालन गरेका थिए । पोखराको बुद्धचोकमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासमा जन्मघर भएर पोखराको विभिन्न ठाउँमा बसोबास गर्ने करिब १ सय जनाको सहभागीता रहेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।